Odapalika - The Fourth Estate - चौथो अंग
सर्लाही–४ को हिसावः गगन उम्मेदवार भएको क्षेत्रमा कांग्रेसको कति छ वडागत मत ?

काठमाडौँ । विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि गगन थापाले आफ्नो निर्वाचन क्षेत्र काठमाडौँ–४ छोडेर सर्लाही–४ रोजे । यो निर्णयसँगै सभापति थापाले नेपाली कांग्रेसका पूर्वनेता र यसअघिको निर्वाचनमा टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका डा. अमरेशकुमार सिंहसँग प्रतिस्पर्धा पक्का गरे । 

थापा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका छन् । यसको अर्थ कांग्रेसको एउटा पक्ष अहिले पनि थापाले कांग्रेस जवरजस्ती कब्जा गरे भन्ने भाव लिएर बसेको छ । अर्काेतिर डा. सिंह भने पहिलाभन्दा बलियो देखिन सक्छन् । किनभने यसअघिको निर्वाचनमा उनी स्वतन्त्र उम्मेदवार थिए । अहिले उनी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका छन् ।

थापा काठमाडौँका बासिन्दा हुन । उनको विगतको निर्वाचन क्षेत्र काठमाडौँ–४ हो । डा. सिंह सर्लाहीकै स्थानीय हुन् । उनको विगतको निर्वाचन क्षेत्र पनि त्यही हो । अहिले नेपाली कांग्रेस लगायत पुराना दलहरुले केही गरेनन्, नयाँलाई एकपटक हेरौं भन्ने महोल देशभरी छ । तर, थापा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने अवस्था आए सो सरकारको प्रधानमन्त्री हुन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारको नेतृत्व गर्ने अवसर पाए भने डा. सिंह बढीमा मन्त्री हुन सक्छन्, प्रधानमन्त्री हुँदैनन् । किनभने राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई प्रधानमन्त्रीको रुपमा अघि सार्दैन ।

डा. सिंह २०७९ को प्रतिनिधिसभा निर्वाचनमा २० हजार १७ मत ल्याएर विजयी भएका थिए । सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र कुमारले १८ हजार २ सय ५३ मत ल्याएर दोस्रो भए । पार्टीबिनै स्वतन्त्र उम्मेदवार बनेर पनि विजयी भएका डा. सिंहसँग यसपालि राष्ट्रिय स्वतन्त्र पार्टी छ । तर, यसअघिको निर्वाचनमा उनलाई टिकट नदिएर कांग्रेसले अन्याय गर्यो भन्ने ठूलो संख्याका कांग्रेसीले उनलाई भोट हालेको बताइन्छ । सोही कारण यसपालि कांग्रेसीको भोट गगन थापामै फर्किने अवस्था रहन्छ ।

यो निर्वाचन क्षेत्रमा मधेशी समुदायको बाहुल्यता छ । सर्लाही–४ मा बरहथवा नगरपालिकाको १ देखि ४ र १३ देखि १५ गरी सात वटा वडा छन् । यस्तै, गोडैटा नगरपालिका, धनकौल गाउँपालिका, बलरा नगरपालिका, बसबरीया गाउँपालिकाको १ देखि ३ नम्बरसम्मका वडा, रामनगर गाउँपालिका र विष्णु गाउँपालिकाको १ देखि ४ नम्बर वडा पर्छन् ।

यी सबै पालिकाको वडाहरुमा २०७९ सालको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट वडाध्यक्ष उठेका उम्मेदवारले कति मत पाएका थिए भनेर वडापालिकाले अध्ययन गरेको छ ।

सो निर्वाचनमा सबै पालिकाका सबै वडाहरुमा कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार उठेका थिए । ती वडाध्यक्षहरुले प्राप्त गरेको मत संख्या जोड्दा २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस उम्मेदवारले पाएको मतभन्दा ५ हजार मत बढी देखिन्छ । यो मत संख्या डा. अमरेश कुमार सिंहले गत निर्वाचनमा पाएको मतभन्दा बढी हो । सर्लाही–४ मा पर्ने स्थानीय तहहरुका वडाहरुमा कांग्रेसी वडाध्यक्ष उम्मेदवारहरुले २३ हजार १३१ मत पाएका थिए ।

धनकौल गाउँपालिका
सर्लाही–४ मा पर्ने धनकौल गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसका उम्मेदवार रामआश्रय साहले ४ हजार ४७७ मत प्राप्त गरी जितेका थिए भने तत्कालिन नेकपा माओवादी केन्द्रका उम्मेदवार फकिरा महतो ३ हजार ३७८ मत पाएर दोस्रो भएका थिए ।
सो गाउँपालिकामा कांग्रेसबाट वडाध्यक्षको उम्मेदवारहरुले पाएको मत संख्या भने ४ हजार ६५१ छ, जुन गाउँपालिका अध्यक्षले पाएको भन्दा बढी हो ।
वडा नं. १ मा गौरीशंकर महतो ६९४ र २ मा रामबहादुर सहनी १ हजार ४१९ मत पाएर विजयी भएका थिए । वडा नं. ३ मा आशा देवीले २४६, वडा नं. ४ मा नरेन्द्र राय यादवले ७०१, वडा नं. ५ मा वीरेन्द्र मतो कोइरीले ४४१, वडा नं. ६ मा रुविदेवी साहले ३४६ र वडा नं. ७ मा रामलखन रायले ८०४ मत पाएका थिए ।
1. गौरी शंकर महतो, नेपाली काँग्रेस,  ६९४
2 राम बहादुर सहनी, नेपाली काँग्रेस, १४१९
3 आशा देवी, नेपाली काँग्रेस २४६ (3)
4 नरेन्‍द्र राय यादव, नेपाली काँग्रेस ७०१
5  वीरेन्द्र मतो कोईरी, नेपाली काँग्रेस ४४१ (2)
6 रुवि देवी साह, नेपाली काँग्रेस ३४६ (2)
7 राम लखन राय,  नेपाली काँग्रेस ८०४
कुल मत:  ४६५१
रामनगर गाउँपालिका
1 श्‍याम किशोर राय, नेपाली काँग्रेस ३०९ (5)
2 अशेश्‍वर ठाकुर, नेपाली काँग्रेस, ३१६ (3)
3 हिरा लाल साह, नेपाली काँग्रेस, २६२ (3)
4 राम नरेश महतो, नेपाली काँग्रेस ८३३
5 राजदेव राय, नेपाली काँग्रेस २०७ (2)
6  गुदर साह नेपाली काँग्रेस ५४७
7 गौरी शंकर पंडित कुम्हार नेपाली काँग्रेस ५१३
कुल मत २९८७

बलरा नगरपालिका

१ नन्दलाल राउत नेपाली काँग्रेस ३३०

२ राकेश राय नेपाली काँग्रेस ११८ (5)

3 आनन्द मोहन मिश्र नेपाली काँग्रेस ४२३

4 मनी भुषण सिंह नेपाली काँग्रेस ४२०

5 मनोज मोहन कुमार सिंह नेपाली काँग्रेस ४८९

6 पुष्‍पेन्दु कुमार मिश्र नेपाली काँग्रेस ९२ (3) 

7 प्रविण कुमार सिह नेपाली काँग्रेस ६०७

8 छेतनु साह नेपाली काँग्रेस ६०५

9 राम दरेश दास नेपाली काँग्रेस ३४१ (2)

10 प्रभाकर सिंह नेपाली काँग्रेस ६३७

11 विकाश कुमार सिंह नेपाली काँग्रेस १६१ (3)

कुल मत: ४२२३
1 दिनेश कुमार राय माझी नेपाली काँग्रेस ११८ (3)
2 दुर्गा राज गिरी नेपाली काँग्रेस ५५२ (2)
3 नन्द किशोर महतो नेपाली काँग्रेस ७६२
4 लखेन्द्र महतो नेपाली काँग्रेस ३०४
13 राम विश्‍वास महतो नेपाली काँग्रेस ४७५ (2)
14 संजय कुमार नेपाली काँग्रेस ३६७ (2)
15 श्‍याम कुमार कार्की नेपाली काँग्रेस ६३८ (2)
कुल मत ३२१६
विष्णु गाउँपालिका
1 अनिल कापड नेपाली काँग्रेस ३३० (2)
2 संजित कुमार साह नेपाली काँग्रेस १८६ (3)
3 जय कुमार चौधरी नेपाली काँग्रेस ४९०
4  विनोद राय यादव नेपाली काँग्रेस ३७१
कुल मत १३७७
बाँसबरिया गाउँपालिका

1 अशोक कुमार राय नेपाली काँग्रेस ५९७ (2)
2 विन्देश्‍वर यादव नेपाली काँग्रेस ५२९
3 नन्दलाल महतो नेपाली काँग्रेस ५६०
कुल मत १६८६
गोडैटा नगरपालिका
1 रामबाबु राय यादव नेपाली काँग्रेस २२३ (2)
2 सुनिल कुमार कुशवाहा कोइरी नेपाली काँग्रेस ६०० (3)
3 रामवावु महतो कोइरी नेपाली काँग्रेस ६६७ (2)
4 शिव कुमार राउत नेपाली काँग्रेस २३६ (3)
5 सुनिल कुमार रस्तोगी नेपाली काँग्रेस ६५२ (3)
6 सचिन्द्र महतो नेपाली काँग्रेस ५९७
7 लालबाबु दास कथबनिया नेपाली काँग्रेस ३९८ (2)
8 जितेद्र कुमार मिश्रा नेपाली काँग्रेस २३६ (4)
9 दशै सहनी नेपाली काँग्रेस ३४७
10 मुकेश कुमार महतो नेपाली काँग्रेस २९५
11 अरविन्द पटेल नेपाली काँग्रेस ३६८ (2)
12 शम्भुनारायण प्रसाद कुशवाहा नेपाली काँग्रेस ३७२ (3)
कुल मत ४९९१
(नोटः माथि कोष्ठमा उल्लेख गरिएको अंक सो निर्वाचनमा कांग्रेस वडाध्यक्ष उम्मेदवारले प्राप्त गरेको स्थान हो भने अगाडि लेखिएको अंक वडा नं. हो । कांग्रेस उम्मेदवार विजयी भएको वडामा कोष्ठमा केही लेखिएको छैन ।)

  • बरहथवा नगरपालिका
प्रकाशित मिति: मंगलबार, माघ २०, २०८२  १२:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update