राप्रपा संसदीय दलको नेतामा शाही चयन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले पार्टीका प्रवक्ता ज्ञानबहादुर शाहीलाई संसदीय दलको नेतामा सर्वसम्मत चयन गरेको छ । 

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको आज बसेको बैठकले शाहीलाई दलको नेता बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा उनी जुम्लाबाट निर्वाचित भएका हुन् ।

उक्त बैठकमा पार्टीको प्रमुख सचेतकमा खुश्बु ओलीलाई चयन गरिएको छ । दलका नेता शाहीले ओलीलाई प्रमुख सचेतकमा चयन गरेको पार्टीका महामन्त्री राजेन्द्र गुरुङले जानकारी दिए। पार्टीले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फ एक तथा समानुपातिकतर्फ चार सिट गरी कूल पाँच सिट प्राप्त गरेको थियो । 

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  १९:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update