सिन्धुपाल्चोकका सामुदायिक विद्यालयका शिक्षकले अहिले विदा नपाउने, यस्तो छ कारण

काठमाडाैँ । सिन्धुपाल्चोक जिल्लाका सामुदायिक विद्यालयहरुका शिक्षकले अहिले अति आवश्यक बाहेक विदा नपाउने भएका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र, शिक्षा विकास तथा समन्वय इकाइ सिन्धुपाल्चोकले सार्वजनिक सुचना प्रकाशित गरि सामुदायिक विद्यालयका शिक्षकहरुलाई अतिआवश्यक बाहेक विदा नदिन सबै सामुदायिक विद्यालयहरुलाई पत्राचार गरेको छ ।

अहिले २०८२ सालमा संचालिन कक्षा १० सम्मका अन्तिम परीक्षा संचालन तथा व्यवस्थापनका क्रममा रहेकोले उक्त परीक्षाहरुको उत्तरपुस्तिका परीक्षण, नतिजाा प्रकाशन गर्ने तथा शैक्षिक सत्र २०८३ नजिकिदै गरेकोले विद्यार्थी भर्ना अभियान संचालनको जस्ता कार्यमा समस्या सिर्जना हुन सक्ने भन्दै इकाइले विदा नदिन भनेको हो ।

‘शैक्षिक सत्र २०८२ मा संचालित कक्षा १० सम्मका अन्तिम परीक्षा संचालन तथा व्यवस्थापनका क्रममा रहेकोले उक्त परीक्षाहरुको उत्तरपुस्तिका परीक्षण, नजिता प्रकाशन गर्ने तथा शैक्षिक सत्र २०८३ नजिकिदै गरेको हालको परिप्रेक्षमा विद्यार्थी भर्ना अभियान संचालन समयमा नै पाठ्यपुस्तक वितरणको सुनिश्चितता लगायतका कार्यहरु गर्नुपर्ने भएको हुँदा आफ्ना विद्यालयत मातहतका शिक्षकहरुलाई उक्त कार्यमा खटाउन तथा अति आवश्यक परिस्थितिबाहेक विदामा बस्न नदिन सम्पूर्ण सामुदायिक विद्यालयहरुलाई हार्दिक अनुरोध छ,’ इकालेले विद्यालयहरुलाई पठाएको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, चैत २२, २०८२  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update