काठमाडौँ । संघीय सरकार अन्तरगतको शिक्षा ताथ मानव स्रोत विकास केन्द्रले स्थानीय सरकारहरुलाई परिपत्र गर्दै नयाँ शैक्षिक शत्रको पठनपाठन बैशाख २१ गतेदेखि सुरु गर्न भनेको छ ।
केन्द्रका निर्देशक डा. श्यामप्रसाद आचार्यका अनुसार विद्यालयहरुले शैक्षिक गतिविधिहरु भने बैशाख २ गतेदेखि सुरु गर्नुपर्ने छ ।
विद्यालयहरुले शैक्षिक शत्र २०८३ को कार्ययोजना निर्माण गर्ने, वार्षिक कार्यतालिका, शैक्षिक योजना निर्माण/तयारी गर्ने, विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक गर्ने, शिक्षकको पेशागत क्षमता विकासका कार्यहरु संचालन गर्ने तथा विद्यार्थीको सिकाइ उपलब्धि सुधार सम्बन्धी योजना निर्माण गर्ने कार्य योबीचमा गर्नुपर्ने छ ।

सरकारले शनिवारको साथसाथै आइतबार पनि सार्वजनिक विदा दिने र कार्यालय समय ९ बजेदेखि ५ बजेसम्म गर्ने निर्णय गरेको सन्दर्भमा नयाँ व्यवस्था गर्न केन्द्रले भनेको हो । यसअघि बैशाख २ गतेदेखि नयाँ शैक्षिक शत्र सुरु हुने गरेको भएपनि यसपालि भने बैशाख १५ गतेदेखि विद्यार्थी भर्ना र बैशाख २१ गतेदेखि पठनपाठन सुरु हुने भएको हो ।






