स्थानीय सरकारले दिने जन्मदर्ता, विवाहदर्ता जस्ता प्रमाणपत्र पनि नागरिक एपमा

 

काठमाडौँ। नागरिक एपबाट थप सुविधा पाइने भएको छ । सरकारले राष्ट्रिय पञ्जीकरणका सूचना पनि नागरिक एपमा एकीकरण गर्ने प्रक्रिया अघि बढाएपछि सुविधा थपिन लागेको हो ।

सरकारले नागरिक एपमा जन्म दर्ता, विवाह दर्ता, सम्बन्धबिच्छेद दर्तालगायतका पञ्जीकरणका सूचना एकीकृत प्रणालीमा आबद्ध गर्ने प्रक्रिया अघि बढाएको छ ।

सूचना प्रविधि विभागका महानिर्देशक श्रीचन्द्र साहका अनुसार अहिले यी विवरणहरू एकीकरणका लागि प्रारम्भिक प्रक्रिया थालिएको छ भने केही समयभित्र कार्यान्वयनमा ल्याउने तयारी भइरहेको छ ।

तथ्यांक एकीकरणपछि स्थानीय सरकारबाट प्रवाह हुने जन्मदर्ता, विवाह दर्ताजस्ता पञ्जीकरणसम्बन्धी प्रमाणपत्र पनि नागरिक एपमा उपलब्ध हुनेछन्।

पछिल्लो समय निजामती कर्मचारीको व्यक्तिगत विवरण, लोक सेवा आयोगका परीक्षार्थीको प्रवेशपत्र तथा वैदेशिक अध्ययनका लागि आवश्यक नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) जस्ता सेवा पनि नागरिक एपमार्फ प्राप्त गर्न सकिने व्यवस्था अन्तिम चरणमा पुगेको विभागको भनाइ छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  १८:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update