सस्तो व्याजदरमा ऋण पाइने सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा
बिहीबार, साउन ७, २०८३
मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार, यस्तो छ स्थानीय सरकारको प्रतिक्रिया
बिहीबार, साउन ७, २०८३
मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको छ । सङ्घीय सरकारले नागरिकलाई सहज, छरितो र पहुँचयोग्य सेवा प्रदान गर्ने उद्देश्यसहित अघि सारेको ‘स्थानीय तहबाटै करदाता सेवा’ अवधारणाले अब व्यावहारिक रूप लिन थालेको छ ।
उडान आकर्षित गर्न पोखरा विमानस्थलमा छुट
बिहीबार, साउन ७, २०८३
सरकारले पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लाग्ने विभिन्न शुल्क छुट दिने निर्णय गरेपछि अन्तरराष्ट्रिय उडानका लागि वायुसेवा कम्पनी आकर्षित हुने विश्वास गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई लक्ष्य गरी विसं २०८५ भदौ मसान्तसम्मका लागि विमानस्थलमा ‘पार्किङ’, ‘ल्यान्डिङ’ र ‘नेभिगेसन’ शुल्क पूर्ण रूपमा छुट दिने निर्णय गरेको थियो ।
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
बिहीबार, साउन ७, २०८३
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन अवधिभर बाढी पहिरो, कटान, डुबान, चट्याङ, सर्पदंश जस्ता जोखिमको सम्भावना उच्च भएकाले विशेष सावधानी अपनाउन आग्रह गरेको छ ।
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
बिहीबार, साउन ७, २०८३
महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट हटाउन सबै सरोकारवाला निकायले समन्वय गरेर काम गर्नुपर्ने बताएका छन्।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
बिहीबार, साउन ७, २०८३
अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ २१ पैसा र बिक्रीदर १५४ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १७६ रुपैयाँ ५६ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपैयाँ १९ पैसा र बिक्रीदर २०७ रुपैयाँ, स्विस फ्र्याङ्क एकको खरिददर १८९...
पाँच प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
बिहीबार, साउन ७, २०८३
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । देशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जनसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पत्रकारिता र सञ्चार क्षेत्रका लागि बलियो कानुन आवश्यकः सञ्चारमन्त्री तिमिल्सिना
बुधबार, साउन ६, २०८३
सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले पत्रकारिता र सञ्चार क्षेत्रलाई थप सबल, जिम्मेवार र विश्वसनीय बनाउन सरोकारवाला निकायको रचनात्मक सुझाव आवश्यक रहेको बताएका छन् ।
जैमिनी नगरपालिकाका उत्पादनको ब्राण्डिङ गर्दै सहकारी संस्था
बुधबार, साउन ६, २०८३
बागलुङको जैमिनी नगरपालिका–१० राङ्खानीस्थित आदानप्रदान कृषि सहकारी संस्था लिमिटेडले पिठो प्रशोधन, ‘लेबलिङ’ तथा ‘प्याकेजिङ’ गरी बिक्रीवितरण सुरु गरेको हो ।
ककनी गाउँपालिकाका समस्याबारे जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतसँग सञ्चारमन्त्रीको छलफल
बुधबार, साउन ६, २०८३
छलफलमा ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, वडा नं १ वडाध्यक्ष पदमबहादुर श्रेष्ठ, वडा नं २ का वडाध्यक्ष कृष्ण घिमिरे र वडा नं ३ का वडाध्यक्ष घननाथ बजगाई तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खम्बराई राई सहभागी थिए ।
पलाँता गाउँपालिकाका तत्कालिन उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित १० जना विरुद्ध मुद्दा
बुधबार, साउन ६, २०८३
कालिकोट जिल्लाको पलाँता गाउँपालिकाका तत्कालिन उपाध्यक्ष दाना न्यौपाने र निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर बम विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
गणेश नेपालीको मृत्यु प्रकरणको छानविन गर्न समिति, यस्ता छन् मन्त्रिपरिषदका निर्णयहरु
बुधबार, साउन ६, २०८३
सरकारले मुगुको सोरु गाउँपालिका–१ का गणेश नेपालीको मृत्यु प्रकरणमा छानबिन गर्न न्यायिक समिति गठन गरेको छ।
शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ, बैंकिङ कसुरको अभियोग
बुधबार, साउन ६, २०८३
शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बैंकिङ कसुरमा बुधवार अग्रवाललाई पक्राउ गरेको हो ।


