उदयपुर सिमेण्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ४६ करोड बिगो
उदयपुर सिमेण्ट उद्योगका तत्कालीन महाप्रबन्धकसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा, ४६ करोड बिगो आयोगले कम्पनीका तत्कालीन निमित्त महाप्रबन्धक नवलकिशोर साह, तत्कालीन नायब महाप्रबन्धक महेशप्रसाद काफ्ले, उत्पादन महाशाखा प्रमुख सञ्जयकुमार लाल, भण्डार महाशाखा प्रमुख महेशप्रसाद काफ्ले, उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, सिमेन्ट उत्पादन महाशाखाका हरिप्रसाद अधिकारी र बिक्री विभाग प्रमुख रामबहादुर बीसीलाई पनि प्रतिवादी बनाएको छ ।
तीनै तहको सरकारलाई सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश
तीनै तहको सरकारलाई सामाजिक न्यायको हक लागू गर्न सर्वोच्चको आदेश पूर्णपाठमा भनिएको छ, ‘सङ्घ, प्रदेश तथा स्थानीय तह र तीनवटै तहअन्तर्गतका निकायबाट नेपालको संविधानको धारा, ४२ को सामाजिक न्यायको हकको व्यवस्था, मर्म र भावनालाई पूर्ण रूपमा व्यवहारमा रूपान्तरण गर्नका लागि नियमित र निरन्तर सक्रियता र क्रियाशीलता अपनाउनू ।’
अख्तियारमा उजुरीः निगमको महाप्रबन्धक नियुक्तिमा अनियमितता भएको आरोप
अख्तियारमा उजुरीः निगमको महाप्रबन्धक नियुक्तिमा अनियमितता भएको आरोप उजुरीमा उल्लेख भएअनुसार निगममा कार्यरत कर्मचारीलाई महाप्रबन्धक पदमा बहाल राख्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै पनि सोही व्यवस्थालाई बेवास्ता गरी प्रक्रिया अघि बढाइएको आरोप छ ।
तत्कालीन उपकुलपति भण्डारीसहित १९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर 
तत्कालीन उपकुलपति भण्डारीसहित १९ विरुद्ध भ्रष्टाचार मुद्दा दायर  अस्पतालका लागि ‘सिटी स्क्यान’ खरिदमा भ्रष्टाचार भएको दाबीसहित अख्तियारले सजायको माग राखेर बिहीबार (माघ १५) विशेष अदालतमा मुद्दा दायर गरेको हो । 
बित्थडचिर गाउँपालिका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा
बित्थडचिर गाउँपालिका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा विष्टसहित सुनकुडा माध्यमिक विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेशबहादुर अधिकारी, प्रधानाध्यापक धनबहादुर विष्ट र लेखापाल हर्कबहादुर विष्टको मिलेमतोमा २६ लाख ५४ हजार ६८३ रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित अख्तियारले मुद्दा दायर गरेको हो । 
संसद् विघटनविरुद्धको रिटमा सुनुवाइको माग गर्दै कांग्रेस सर्वोच्च जाने
संसद् विघटनविरुद्धको रिटमा सुनुवाइको माग गर्दै कांग्रेस सर्वोच्च जाने यसका लागि बिहीबार बिहान ११ बजेका लागि समय लिइसकेको घिमिरेले जानकारी दिए । ‘१७ बढी रिट संसद् पुन:स्थापना माग गर्दै परेका छन् । सर्वोच्च अदालतले अहिलेसम्म त्यो रिटको पेसी तोकेन‚’ घिमिरेले भने‚ ‘रिट परेपछि त्यसलाई टुंग्याउनुपर्छ । पेसी तोकिदिन र सुनुवाइ गरिदिन अनुरोध गर्न जान लागेका हौं ।’
भरतपुर महानगरका तत्कालीन इन्जिनियरविरुद्ध ६ करोड ७८ लाख बिगो दाबीसहित मुद्दा दर्ता
भरतपुर महानगरका तत्कालीन इन्जिनियरविरुद्ध ६ करोड ७८ लाख बिगो दाबीसहित मुद्दा दर्ता दायर गरिएको मुद्दामा अख्तियारले आचार्यसँग ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ ९४ पैसा बिगो मागदाबी गरेको छ । इन्जिनियर आचार्यले पदीय मर्यादाविपरीतका कार्य गरी स्रोत पुष्टि हुन नसक्ने गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीपछि अख्तियारले अनुसन्धान थालेको थियो ।
टेरामक्स प्रकरणमा लेखा समितिको निर्देशन र खरिदसँग सम्बन्धित सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश 
टेरामक्स प्रकरणमा लेखा समितिको निर्देशन र खरिदसँग सम्बन्धित सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश  उक्त मुद्दामा सार्वजनिक लेखा समितिले २०८० पुस १२ गते नेपाल दूरसञ्चार प्राधिकरणलाई खरिद कार्यलाई यथास्थितिमा राख्नू भनी दिएको निर्देशन सम्बद्ध प्रतिवेदनसहितको फाइल समेत झिकाउन आदेश गरेको छ ।
राजपुर गाउँपालिका-४ का वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर
राजपुर गाउँपालिका-४ का वडाध्यक्ष र सचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार वडाध्यक्ष रामेश्वर यादव भन्ने रामेश्वर अहिर, तत्कालीन कार्यालय सहायक मीना चौधरी, स्थानीय पञ्जिकाधिकारी वडासचिव राजेश कुमार कहार, इलाका प्रशासन कार्यालय लमही, दाङका तत्कालीन कार्यालय प्रमुख प्रेम बहादुर खवास तथा भारतीय नागरिक आएसा जोल्हा र आलम जोल्हाविरुद्ध मुद्दा दायर गरेको हो ।
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन सर्वोच्चको आदेश
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन सर्वोच्चको आदेश आदेशमा भनिएको छ, ‘यसमा महान्यायाधिवक्ता समेतले बहसका क्रममा अभियोगपत्र दायर भइसकेपश्चात् थप प्रमाण फेला परेकाले अभियोगपत्रमा संशोधन गर्ने निर्णय गरिएको भन्ने जिकिर लिनुभएकाले उक्त अभियोगपत्रमा संशोधन सम्बन्धमा फेला परेका थप सङ्कलन प्रमाण कागजातहरु महान्यायाधिवक्ताको कार्यालयबाट झिकाई आएपश्चात् नियमअनुसार अन्तरिम आदेश छलफलका लागि पेस गर्नुहोला ।’
सर्वोच्चमा रेशम चौधरीको रिट, आइतबारलाई तोकियो पेसी
सर्वोच्चमा रेशम चौधरीको रिट, आइतबारलाई तोकियो पेसी चौधरीको रिट दर्ता भइसकेको र पर्सि माघ ११ गते आइतबारका लागि पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । निर्वाचन अधिकृतको कार्यालय, कैलाली क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत देवराज भारतीले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेका थिए ।
एक सय २१ किलो चरेससहित दुईजना पक्राउ
एक सय २१ किलो चरेससहित दुईजना पक्राउ लागुऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा मकवानपुरको कैलाश गाउँपालिका–५ बस्ने वर्ष २१ का सानु कान्छा थिङ र अटो चालक थाहानगरपालिका–४ बस्ने वर्ष २९ को घनश्याम वल लामालाई प्रहरीको विशेष टोलीले अटोसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए।
Weather Update