विशेष महाधिवेशनमा सहभागी हुन गगन‍-विश्वको आह्वान
विशेष महाधिवेशनमा सहभागी हुन गगन‍-विश्वको आह्वान नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गतेका लागि तय भएको विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन्।
ऊर्जामन्त्री घिसिङले दिए प्रधानमन्त्री समक्ष राजीनामा 
ऊर्जामन्त्री घिसिङले दिए प्रधानमन्त्री समक्ष राजीनामा  प्रधानमन्त्री सुशीला कार्कीसमक्ष ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङले राजीनामा पेस गरेका छन्। उनले बालुवाटारमा प्रधामन्त्री कार्कीसँग भेट गरी आज साँझ राजीनामापत्र बुझाएका हुन्। प्रधानमन्त्री कार्कीले साढे तीन महिना तीनवटा महत्त्वपूर्ण मन्त्रालयको कुशल नेतृत्व प्रदान गर्नुभएकामा बधाई र धन्यवाद दिए।
राष्ट्रियसभा सदस्यमा कोशीबाट कांग्रेसका थापा निर्विरोध
राष्ट्रियसभा सदस्यमा कोशीबाट कांग्रेसका थापा निर्विरोध अन्य समूहतर्फ कांग्रेसका थापाको एकल उम्मेदवारी दर्ता भएको राष्ट्रियसभा सदस्य निर्वाचन, २०८२ निर्वाचन अधिकृतको कार्यालय विराटनगरले जनाएको छ । निर्वाचनका लागि कोशी प्रदेशको अन्य, दलित समूह र महिला महिला समूहको दुई स्थानका लागि चार जनाको उम्मेदवारी परेको छ।
७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको १०बुँदे सर्कुलर
७७ वटै जिल्ला प्रशासन कार्यालयलाई गृह मन्त्रालयको १०बुँदे सर्कुलर गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूलाई १०बुँदे निर्देशनात्मक सर्कुलर जारी गरेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचन: आज उम्मेदवारको मनोनयन
राष्ट्रियसभा सदस्य निर्वाचन: आज उम्मेदवारको मनोनयन राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारहरुको मनोनयन हुने भएको छ। 
कोशी प्रदेश मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ
कोशी प्रदेश मन्त्रिपरिषद् हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री कार्कीको नेतृत्वमा मिति २०८१ वैशाख २७ मा गठित मौजुदा मन्त्रिपरिषद्मा नियुक्ति, हेरेफेर र कार्यविभाजन विस्तार गर्नुभई नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्। 
एमाले सचिवालय बैठकः निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन
एमाले सचिवालय बैठकः निर्वाचन घोषणापत्र मस्यौदा कमिटी गठन ललितपुरको च्यासलमा आज बसेको सचिवालय बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा घोषणापत्र मस्यौदा कमिटी गठन गरेको बैठकपछि  उपमहासचिव लेखराज भट्टले जानकारी दिए। समितिमा उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णुप्रसाद पौडेल, महासचिव शङ्कर पोखरेल, नेता ईश्वर पोखरेल प्रदीप ज्ञवाली र विष्णु रिमाल रहेका छन्।
कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आज उमेदवार टुंगो लगाउँदै
कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आज उमेदवार टुंगो लगाउँदै नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि आज (मंगलबार) उमेदवार टुंगो लगाउने भएको छ । 
राष्ट्रियसभा उमेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै
राष्ट्रियसभा उमेदवार टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै नेकपा (एमाले)को सचिवालय बैठक आज (मंगलबार) बस्दै छ ।
निर्वाचन प्रहरी भर्नाको मापदण्ड स्वीकृत, दुवै प्रहरीले एकसाथ १ लाख ४९ हजार ९० जना भर्ना गर्ने
निर्वाचन प्रहरी भर्नाको मापदण्ड स्वीकृत, दुवै प्रहरीले एकसाथ १ लाख ४९ हजार ९० जना भर्ना गर्ने  फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले निर्वाचन प्रहरी भर्ना तथा परिचालन सम्बन्धी मापदण्ड स्वीकृत गरेको छ।
आफैँलाई गोली हानी मृत्यु
आफैँलाई गोली हानी मृत्यु ब्रिटिस आर्मीबाट अवकास प्राप्त आफ्नै भिनाजुको राइफलबाट गोली हान्दा राईको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
भक्तपुरका प्रतिनिधि नियमित महाधिवेशनको पक्षमा, चुनावको तयारी थाल्न आग्रह
भक्तपुरका प्रतिनिधि नियमित महाधिवेशनको पक्षमा, चुनावको तयारी थाल्न आग्रह सोमबार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरूले चुनावका लागि समानुपातिकतर्फको बन्दसूची बुझाइसकेको अवस्थामा विशेष महाधिवेशनमा लाग्न नहुने बताएका हुन् ।
Weather Update