काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त तिवारीविरुद्ध भ्रष्टार मुद्दा दर्ता
बिहीबार, वैशाख ३, २०८३
शीतभण्डार निर्माणमा अनियमितता भन्दै तत्कालीन सचिवसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बुधबार, वैशाख २, २०८३
यस क्रममा अस्वाभाविक लागत अनुमानसहितको डीपीआर स्वीकृत गराई सार्वजनिक खरिद ऐनविपरीत प्रतिस्पर्धाबिना सोझै खरिद प्रक्रिया अघि बढाएको पाइएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले बताए । गलत नापजाँच प्रतिवेदन र झुट्टा बिलका आधारमा वास्तविक कामको परीक्षण नगरी ७१ लाख ९७ हजार ९८० रूपैयाँ ६ पैसा भुक्तानी गरिएको पाइएको छ ।
बृहत्तर जनकपुर परिषद्का तत्कालीन अध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
आइतबार, चैत २२, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार (चैत २२) मुद्दा दायर गरेको हो । उनीहरुविरुद्ध आर्थिक वर्ष २०७६/७७ मा दुई थान बायो घुम्ती शौचालय खरिद गर्दा सरकारी रकम हिनामिना गरेको अभियोग लगाइएको छ । सार्वजनिक खरिद ऐनअनुसार, प्रतिस्पर्धा नै नगराई बायो घुम्ती शौचालय खरिद गरेको दाबी अख्तियारले गरेको छ ।
तत्कालीन कार्यालय प्रमुखसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
शुक्रबार, चैत २०, २०८२
सोलुखुम्बुको साबिक चौँरीखर्क गाउँ विकास समितिको वडा नम्बर ८ स्थित सरकारी जग्गा व्यक्ति विशेषको नाउँमा दर्ता गरेको दाबी आयोगको छ । आयोगले मालपोत कार्यालयका तत्कालीन प्रमुख कार्कीको मृत्यु भइसकेको हुनाले उनको श्रीमती कमला कार्कीलाई प्रतिवादी कायम गरेको छ ।
लामछिानेको रिट ‘हेर्दाहर्दै’मा‚ मंगलबार सुनुवाइ हुने
सोमबार, चैत ९, २०८२
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्नुभएको थियो । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।
फेक रेस्क्यू प्रकरणमा ३२ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता
आइतबार, चैत ८, २०८२
सीआईबीले गरेको यो अनुसन्धान सन् २०२२ देखियता भएका फेक रेस्क्यू घटनाको हो । २०२२ जनवरीमा प्रतिअमेरिकी डलर ११८ रुपैयाँ थियो भने प्रतियूरो १३० रुपैयाँ थियो । यसलाई आधार मान्दा पक्राउ परेका प्रतिवादीविरुद्ध बिगो रकमको कुल परिमाण एक अर्ब ३० करोड ४२ लाख ४३ हजार ५०५ रुपैयाँ हुन आउँछ ।
रवि लामिछाने प्रकरणः महान्यायाधिवक्ताको निर्णय फाइल झिकाउन सर्वोच्चको आदेश
बिहीबार, चैत ५, २०८२
यसअघि गत पुस ३० गते सविता भण्डारी बराल नेतृत्वको महान्यायाधिवक्ता कार्यालयले लामिछानेको हकमा मात्रै आरोपपत्र संशोधन गर्ने निर्णय गरेको थियो। तर त्यसको दुई दिनपछि माघ २ गते लामिछानेसहित अन्य सबै आरोपितहरूको हकमा आरोपपत्र संशोधन गर्ने अर्को निर्णय गरिएको देखिएको छ।
लामिछानेको रिट ‘हेर्दाहेर्दै’ मा‚ मंगलबार सुनुवाइ हुने
सोमबार, चैत २, २०८२
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको थियोे । आज पनि सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
अख्तियारमा उजुरीः निगमको महाप्रबन्धक नियुक्तिमा अनियमितता भएको आरोप
बिहीबार, माघ १५, २०८२
उजुरीमा उल्लेख भएअनुसार निगममा कार्यरत कर्मचारीलाई महाप्रबन्धक पदमा बहाल राख्न नपाइने कानुनी व्यवस्था हुँदाहुँदै पनि सोही व्यवस्थालाई बेवास्ता गरी प्रक्रिया अघि बढाइएको आरोप छ ।
सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर
आइतबार, मंसिर १४, २०८२
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सात जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
७८ हजार घुस लिएका सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचारको मुद्दा
शुक्रबार, कात्तिक ३०, २०८१
बाराको सिम्रौनगढ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र प्रसाद साह कानुविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।
जग्गा पास गर्ने निर्णय कार्यान्वयन गर्न ८० हजार घुस खाने वडाध्यक्षलाई भ्रष्टाचारको मुद्दा
सोमबार, कात्तिक १२, २०८१
जग्गा पास गर्ने निर्णय कार्यान्वयन गर्न सेवाग्राहीसँग ८० हजार घुस खाएको आरोपमा पक्राउ परेका झापाको बुद्धशान्ति गाउँपालिका–२ का वडा अध्यक्ष डिल्लीप्रसाद ओलीविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ ।

