योजनाको प्राथमिकता निर्धारण गर्न, बजेटको आकार बनाउन प्रोफाइलले मद्दत गर्नेछ: वडाध्यक्ष महर्जन
योजनाको प्राथमिकता निर्धारण गर्न, बजेटको आकार बनाउन प्रोफाइलले मद्दत गर्नेछ: वडाध्यक्ष महर्जन काठमाडौं महानगरपालिकाको वडा नम्बर २३ ले वडा प्रोफाइल सार्वजनिक गरेको छ । शुक्रबार धर्म पथमा रहेको सांस्कृतिक भवनमा एक कार्यक्रम आयोजना गर्दै वडा प्रोफाइल र साहित्यकार शान्त दास मानन्धर स्मृति ग्रन्थ सार्वजनिक गरिएको हो ।
एनपीएलमा कसले के जिते पुरस्कार?
एनपीएलमा कसले के जिते पुरस्कार? प्रतियोगिताको सर्वोत्कृष्ट बलर विराटगरका सन्दीप लामिछाने । उनले पनि पल्सर बाइक प्राप्त गरे । प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि रोहित पौडेल घोषित भएका छन् । उनले पनि पल्सर बाइक प्राप्त गरेका छन् ।
एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली
एमालेले देशलाई गलत दिशामा जान दिँदैनः अध्यक्ष ओली एमाले समावेशिताको अगुवा भएको बताउँदै उनले राष्ट्रिय राजनीतिमा एमालेले सबै क्षेत्रको समावेशीतालाई स्थापित गरेको बताए। एमाले नेपाली विशेषतासहितको समाजवाद निर्माणमा लागेको उल्लेख गर्दै उनले एमाले गाउँमुखी र जनसहभागितामूलक विकास तथा ठूला विकास योजनाको अभियन्ता भएको बताए।
जिप दुर्घटना मृतकको संख्या चार पुग्यो
जिप दुर्घटना मृतकको संख्या चार पुग्यो शुक्रबार बिहान पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीबासमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने उपचारका क्रममा आज थप एक जनाको मृत्यु भएको हो ।
लुम्बिनीले जित्यो एनपिएलको उपाधि‚ सुदूरपश्चिम दोस्रोपटक स्तब्ध
लुम्बिनीले जित्यो एनपिएलको उपाधि‚ सुदूरपश्चिम दोस्रोपटक स्तब्ध सुदूरपश्चिम यसपट्क पनि उपविजेतामै रोकियो । पहिलो संस्करणको फाइन खेलमा सुदूरपश्चिम जनकपुर बोट्ल्ससँग पराजित भएको थियो । यसपटक उपाधिसहित लुम्बिनीले रु एक करोड १० लाख हात पार्‍यो ।  उपविजेता सुदूरपश्चिमले रु ५१ लाखमा चित्त बुझायो । 
प्रधानमन्त्री कार्की मन्त्रिपरिषद विस्तार गर्दै, थपिदै ४ मन्त्री
प्रधानमन्त्री कार्की मन्त्रिपरिषद विस्तार गर्दै, थपिदै ४ मन्त्री थप हुन लागेका मन्त्रीहरुमा श्रद्धा श्रेष्ठलाई महिला तथा बालबालिका, माधव चौलागाईंलाई वन, राजेन्द्रसिंह भण्डारीलाई श्रम र कुमार इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
‘कोड भाषा’ प्रयोग गर्दै भिसिट भिसाको सेटिङ
‘कोड भाषा’ प्रयोग गर्दै भिसिट भिसाको सेटिङ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन प्रमुखका रूपमा कार्यरत रहँदा भिजिट भिसाको नाममा संगठित मानव तस्करी संचालन गरेको आरोपमा सहसचिव तीर्थराज भट्टराईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गम्भीर कदम चालेको छ । आयोगले बिहीबार विशेष अदालतमा भट्टराईसहित सात व्यक्ति र दुई ट्राभल एजेन्सीलाई प्रतिवादी बनाउँदै भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
सर्वोच्चले संसद् नब्युँताए एमाले सडक आन्दोलनमा उत्रिने 
सर्वोच्चले संसद् नब्युँताए एमाले सडक आन्दोलनमा उत्रिने  नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको पूर्वसन्ध्यामा विभिन्न समाचारमाध्यमका सम्पादकसँग कुरा गर्दै सर्वोच्च अदालतले संसद् पुनस्र्थापना नगरेमा आफ्नो दल निर्णायक आन्दोलनमा जाने बताएका छन् ।
गोवाबाट पाँच नेपालीको शव ल्याउने तयारी
गोवाबाट पाँच नेपालीको शव ल्याउने तयारी भारतको गोवास्थित एक नाइट क्लबमा गत शनिबार भएको आगलागीमा परेर मृत्यु भएका पाँच जना नेपाली नागरिकको शव नेपाल ल्याउन सरकारले पहल थालेको छ । नाइट क्लबको भान्सामा सिलिन्डर विस्फोट भएर आगो लाग्दा पाँच जना नेपालीसहित २५ जनाको मृत्यु भएको थियो। अन्य ६ जनाभन्दा बढी घाइते भएका थिए ।
जेनजी आन्दोलनमा ७ प्रदेश, ५४ जिल्ला र २६२ स्थानीय तहमा क्षति
जेनजी आन्दोलनमा ७ प्रदेश, ५४ जिल्ला र २६२ स्थानीय तहमा क्षति जेनजी आन्दोलनमा भएको क्षतिको मूल्यांकन तथा सार्वजनिक संरचनाको पुनर्निर्माण योजना तयार गर्न गठित समितिले आफ्नो प्रतिवेदन प्रधानमन्त्री सुशीला कार्कीसमक्ष पेस गरेको छ ।
जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार 
जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार  सरकारले गत भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारमन्त्री जगदीश खरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगमा बयान दिने विषयमा दिएको अभिव्यक्तिका सम्बन्धमा सोधिएको प्रश्नमा मन्त्री खरेलले आयोगको कार्यक्षेत्र विस्तार...
हेर्नुहोस् तपाईँको आजको राशिफल
हेर्नुहोस् तपाईँको आजको राशिफल
Weather Update