Odapalika - The Fourth Estate - चौथो अंग
आयोगले तोक्यो जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत
आयोगले तोक्यो जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत आयोगले आज विज्ञप्ती जारी गर्दै उक्त विषयको जानकारी दिएको छ । आयोगका अनुसार जिल्लास्तरमा आचारसंहिता पालना सुनिश्चित गर्न तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त व्यवस्था गरिएको हो । निर्वाचन आयोगले तोकिएका अनुगमन अधिकृतमार्फत निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गरिने जनाएको छ ।
७ दिनभित्र विद्यालयका शिक्षक र विद्यार्थीको डिजिटल हाजिरी कार्यान्वयनमा ल्याउन निर्देशन 
७ दिनभित्र विद्यालयका शिक्षक र विद्यार्थीको डिजिटल हाजिरी कार्यान्वयनमा ल्याउन निर्देशन  ‘नियमितता विद्यार्थीको मात्र होइन । शिक्षक र कर्मचारीको चाहिन्छ । दिवा खाजालाई डिजिटल हाजिरीसँग आवद्ध गराउनु पर्छ‚’ शैक्षिक सुधारका विषयमा उनले भनिन्, ‘हामी एसईईको नजिक आउन लागेका छौँ । गएको वर्ष प्राप्त नतिजा क्रमशः बढाउँदै लैजानुपर्छ । तयारी कक्षा, अतिरिक्त कक्षा, शिक्षक र कक्षा थप लगायत आवश्यक पर्ने कुनै पनि...
रास्वपा सभापति लामिछाने अस्पताल भर्ना 
रास्वपा सभापति लामिछाने अस्पताल भर्ना  ‘त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जका चिकित्सकहरूको परीक्षण तथा सल्लाहअनुसार यस प्रकारको संक्रमण जोखिमयुक्त हुन सक्ने भएकाले केही दिन अस्पतालमै चिकित्सकको निगरानीमा राखी उपचार गराउनु अनिवार्य भएको छ। त्यसैअनुसार सभापतिज्यू हाल त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचाररत हुनुहुन्छ’, उनका स्वकीय सचिव अविनाश आचार्यले भनेका छन् ।
टेरामक्स प्रकरणमा लेखा समितिको निर्देशन र खरिदसँग सम्बन्धित सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश 
टेरामक्स प्रकरणमा लेखा समितिको निर्देशन र खरिदसँग सम्बन्धित सक्कल फाइल झिकाउन सर्वोच्चको आदेश  उक्त मुद्दामा सार्वजनिक लेखा समितिले २०८० पुस १२ गते नेपाल दूरसञ्चार प्राधिकरणलाई खरिद कार्यलाई यथास्थितिमा राख्नू भनी दिएको निर्देशन सम्बद्ध प्रतिवेदनसहितको फाइल समेत झिकाउन आदेश गरेको छ ।
काठमाडौंका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा यी महिला निर्वाचन अधिकृतलाई
काठमाडौंका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा यी महिला निर्वाचन अधिकृतलाई निर्वाचन गराउने कार्यादेश पाएको सरकारले यसलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको छ । जसका कारण अहिले मुलुक निर्वाचनमय बनेको छ । त्यसबाट संघीय राजधानी काठमाडौँ अछुतो रहने कुरै भएन । 
गण्डकीकामा खारेज भए ३५ सहकारी संस्था 
गण्डकीकामा खारेज भए ३५ सहकारी संस्था  कार्यालयको माघ ९ गतेको निर्णयानुसार स्याङ्जाका चार, पर्वतका चार र नवलपुरको एक गरी नौवटा सहकारीको दर्ता खारेज गरिएको हो । निष्क्रिय सहकारीहरुलाई गत असार १५ गते ३५ दिने सार्वजनिक सूचना जारी गरी अद्यावधिक गर्न आह्वान गरिएको भए पनि अद्यावधिक हुन नआएकामध्ये यसपटक नौवटा खारेज गरिएको र केही सहकारी खारेजीको चरणमा...
घोराहीकी जानकी चौधरीले किन निकाल्दैछिन् लोकल भालेको अण्डकोष ?
घोराहीकी जानकी चौधरीले किन निकाल्दैछिन् लोकल भालेको अण्डकोष ? जानकीमात्र होइन जिल्लाका अधिकांश किसान बधिया भालेपालनमा सक्रिय छन् । बजारमा माग उच्च र पर्याप्त मूल्य पाउने भएका कारण पछिल्लो केही वर्षयता बधिया भाले दाङको प्रमुख पहिचान नै बन्दैछ ।
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्टि गरेपछि...
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्टि गरेपछि... लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले अन्त्यष्टि गरेका छन्।
नौ जिल्ला वन डढेलोको उच्च जोखिममा
नौ जिल्ला वन डढेलोको उच्च जोखिममा देशका विभिन्न नौ जिल्ला वन डढेलोको उच्च जोखिममा छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अघिल्लो वर्षको विवरणका आधारमा बाँके, बर्दिया, चितवन, दाङ, कैलाली, कञ्चनपुर, पर्सा, सल्यान र सुर्खेत वन डढेलोको उच्च जोखिममा रहेका हुन्।
नसर्ने रोगबाट प्रभावित बन्दै कर्णालीका बालबालिका
नसर्ने रोगबाट प्रभावित बन्दै कर्णालीका बालबालिका कर्णालीमा पछिल्ला वर्षमा बालबालिका तथा किशोरकिशोरी नसर्ने रोगबाट प्रभावित हुन थालेका छन् ।
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कंकाल फेला
त्रिशूली किनारमा पुरिएको गणपति डिलक्स बसबाट मानव कंकाल फेला तनहुँको आँबुखैरेनी गाउँपालिका–५, दोन्द्राङ बेँसीनजिक त्रिशूली नदीको किनारमा पुरिएको अवस्थामा भेटिएको गणपति डिलक्स बसबाट मानव कंकाल फेला परेको छ । 
अमेरिकामा हिमआँधी: १७ जनाको मृत्यु
अमेरिकामा हिमआँधी: १७ जनाको मृत्यु अमेरिकामा भीषण हिमपात र आँधीका कारण अहिलेसम्म १७ जनाको मृत्यु भएको छ।
Weather Update