सुनसरी घटनाबारे मध्यरातमा प्रधानमन्त्रीको फेसबुक स्टाटस, –दोषीमाथि कारबाही हुन्छ
बुधबार, साउन १३, २०८३
यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
बुधबार, साउन १३, २०८३
हाल कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लागेको छ । मधेस, बागमती र गण्डकी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ । बागमती प्रदेशका केही स्थान तथा कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ ।
शान्ति, सद्भाव र सामाजिक एकता कायम गर्न गाउँपालिका महासंघको अनुरोध
मंगलबार, साउन १२, २०८३
गाउँपालिका राष्ट्रिय महासंघले सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्ज क्षेत्रमा साउन १० गते रातिदेखि भएको अशान्तिपूर्ण अवस्थाप्रति चिन्ता जाहेर गरेको छ ।
रघुगंगा गाउँपालिकाले असोजसम्म उपभोक्ता समितिसँग सम्झौता गरिसक्ने, त्यसपछि ठेक्का
मंगलबार, साउन १२, २०८३
म्याग्दीको रघुगंगा गाउँपालिकाले उपभोक्ता समिति मार्फत संचालन गरिने आयोजनाहरुको सम्झौता आगामी असोज मसान्तभित्रै गरिसक्ने भएको छ ।
इनड्राइभ नेपालद्वारा ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ प्रमाणपत्र प्रदान
मंगलबार, साउन १२, २०८३
विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले महिलालाई ड्राइभिङ पेसामा अघि बढ्न समान अवसर सिर्जना गर्ने उद्देश्यले सञ्चालन गरेको ‘इनड्राइभ ड्राइभिङ नारी नेपाल’ कार्यक्रमको पहिलो चरण सफलतापूर्वक सम्पन्न गरेको छ ।
खिम्ती घ्वाङ् जलविद्युत आयोजनामा एनएमबी बैंकले १ अर्व २४ करोड ऋण लगानी गर्ने
मंगलबार, साउन १२, २०८३
वन्डर्स ईनर्जी प्रालिले निर्माण गर्न लागेको ९ मेगावाट क्षमताको खिम्ती घ्वाङ् साना जलविद्युत आयोजनामा एनएमबी बैंकले लगानी गर्ने भएको छ । बैंकले १ अर्व २४ करोड ऋण लगानी गर्ने सम्झौता गरेको हो ।
सिडिओ अफिसले रोक्यो मोरङमा ‘डिजे’ प्रयोग गर्न
मंगलबार, साउन १२, २०८३
जिल्ला प्रशासन कार्यालय मोरङले मेला–महोत्सव एवं रातको समयमा सञ्चालन हुने रेष्टुराँ एवं क्लबहरूमा प्रयोग हुँदै आएको ‘डिजे’ निषेध गरेको छ ।
पाँच अंकले घट्यो नेप्से परिसुचक, ४ अर्ब ४२ करोडको कारोबार
मंगलबार, साउन १२, २०८३
धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.६४ अङ्कले घटेर २६९६.६७ मा पुगेको छ ।
गोल्डस्टारको प्रिआइपिओ बेच्दै धितोपत्र बोर्डबाट स्वीकृति नै नलिएको कम्पनी, मूल्य प्रतिकित्ता ३२५ रुपैयाँ
मंगलबार, साउन १२, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद समेत रहेकी विदुषी राणाको कम्पनी गोल्डस्टारको प्रिआइपिओको खरिदविक्री तीब्र रुपमा भइरहेको पाइएको छ ।
दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने
मंगलबार, साउन १२, २०८३
सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा थप अर्को आयोजना निर्माण हुने भएको छ । दार्चुला पावर कम्पनी प्रवर्द्धन रहेको २८.३० मेगावाट क्षमताको मध्य चमेलिया जलविद्युत् आयोजना सो नदीमा निर्माण हुन लागेको हो । दार्चुलाको अपी नाम्पा संरक्षण क्षेत्रभित्र पर्ने आयोजना मार्मा गाउँपालिकामा अवस्थित छ ।
चाैतर्फी विरोधपछि प्राधिकरणले भन्यो,– असारमै खपत बिजुलीमा भ्याट लाग्दैन
मंगलबार, साउन १२, २०८३
नेपाल विद्युत् प्राधिकरणले गत असार मसान्तसम्म खपत भएको बिजुलीको मूल्य अभिवृद्धि कर (भ्याट) नलाग्ने स्पष्ट पारेको छ ।आन्तरिक राजस्व विभाग तथा ठूला करदाता कार्यालयको सूचनाअनुसार भुक्तानी भइसकेको मूल्य अभिवृद्धि कर रकमलाई अग्रिम भुक्तानी कायम गरी आगामी भदौ महिनाको बिलमा समायोजन गरिने प्राधिकरणले जनाएको छ ।
संसदीय सुनुवाइ समितिको बैठक बस्दै
मंगलबार, साउन १२, २०८३
संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । आज बिहानका लागि तय भएको बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्तका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा.राजीव सुब्बा (काठमाडौं) को सुनुवाइ गर्ने कार्यसूची छ ।
काँकरभिट्टाबाट भित्रिए साढे ९ हजार विदेशी पर्यटक
मंगलबार, साउन १२, २०८३
नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक वर्ष २०८२/८३ मा नौ हजार चार सय ४७ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकरभिट्टाका निमित्त प्रमुख इन्द्रकुमार राजवंशीका अनुसार उक्त अवधिमा दैनिक सरदर २६ जना विदेशी पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका हुन् ।


