Odapalika - The Fourth Estate - चौथो अंग
तिहारमा झिनियाको माग उच्च
तिहारमा झिनियाको माग उच्च घरायसी कामबाट बचेको फुर्सदको समय सदुयोग हुनुका साथै झिनिया बेचेर भएको आम्दानीले घर व्यवहार चलाउन सजिलो भएको उद्यमीहरूले बताएका छन्। झिनिया बनाउने मेसिन, तालिम र सुरक्षित भण्डारणका लागि औजार उपकरणको व्यवस्था भएमा सहज हुने उद्यमी हरिकुमार श्रेष्ठले बताए।
नुवाकोटको ककनीमा लागेको आगोले दुई घर जलेर नष्ट
नुवाकोटको ककनीमा लागेको आगोले दुई घर जलेर नष्ट “विद्युत् गडबडका कारण आगलागी हुँदा नगद १० लाखसहित रु २५ लाखबराबरको सुनचाँदीको गरगहना, १८ लाखबराबरको अन्नबाली र भाँडावर्तनसहित ढुंगामाटोले बनेका दुईवटा घर पूर्ण क्षति भएको छ,” डीएसपी लामाले भने, “स्थानीयवासी र सुरक्षाकर्मीको प्रयासले मानवीय र पशुचौपाय क्षति हुनबाट जोगाइएको छ ।”
जेनजीको सरकारलाई चेतावनीः भ्रष्टाचारीलाई कारबाही नभए अर्को आन्दोलन 
जेनजीको सरकारलाई चेतावनीः भ्रष्टाचारीलाई कारबाही नभए अर्को आन्दोलन  छलफलका क्रममा जेनजी आन्दोलनका घाइतेले भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिए । भ्रष्टाचारीमाथि कारबाही नगरिए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने उनीहरूले चेतावनी दिएका थिए ।
जुवाखालबाट नौ लाखसहित २७ जना पक्राउ
जुवाखालबाट नौ लाखसहित २७ जना पक्राउ प्रहरीले जुवा खेल्दै गरेको अवस्थामा छापा मारी जुवा खालबाट नगदसहित १६ वटा कौडासमेत बरामद गरेको परिसरका प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए । प्रहरीले पक्राउ परेका सबैलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहेको उनले बताए ।
नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल
नेपाली क्रिकेट खेलाडीको तस्बिर राखेर कालीपूजा पण्डाल भद्रपुर–६ मा बनाइएको पण्डालमा सिनियर पुरुष, सिनियर महिला तथा पूर्वराष्ट्रिय खेलाडी गरी ३५ वटा तस्बिर समावेश गरिएका छन् । समितिका सदस्य पार्थ मण्डलका अनुसार आगामी सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने टी–ट्वान्टी विश्वकपमा नेपाली टोलीले अझ ठूलो सफलता प्राप्त गरोस् भन्ने उद्देश्यले खेलाडीहरूको आकृतिमा पण्डाल निर्माण गरिएको हो ।
बालुवाटारमा सरकार र राजनीतिक दलबिच संवाद जारी‚ निर्वाचनलाई लिएर एमालेको आशंका 
बालुवाटारमा सरकार र राजनीतिक दलबिच संवाद जारी‚ निर्वाचनलाई लिएर एमालेको आशंका  “निर्वाचनमा जाने कुरामा सबैको सहमति देखिएको छ । सरकारले सुरक्षाको वातावरण बनाउनुपर्छ भन्ने चासो राख्नुभएको छ । एमालेले यो सरकारले चुनाव गराउन सक्दैन कि भन्ने आशंका व्यक्त गरे पनि चुनावको विरोध गरेको छैन‚” संचार मन्त्री जगदिश खरेलको भनाई उधृत गर्दै रावलले भने ।
प्रधानमन्त्रीले आज सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै
प्रधानमन्त्रीले आज सात राजनीतिक दलका नेताहरूसँग छलफल गर्दै प्रधानमन्त्री सुशीला कार्कीले आज राजनीतिक दलका नेताहरूसँग छलफल गर्ने भएकी छन् । कार्कीले सात राजनीतिक दललाई छलफलका लागि बोलाएकी छन् ।
डेडिकेटेड लाइनको महसुल नतिरेका ६ उद्योगको लाइन काटियो
डेडिकेटेड लाइनको महसुल नतिरेका ६ उद्योगको लाइन काटियो नेपाल विद्युत प्राधिकरणले विगतमा लोडसेडिङको समयमा डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्युत् उपभोग गरी प्रिमियम महसुल नतिरेका ठूला उद्योगहरूको विद्युत् लाइन काट्न सुरु गरेको छ । 
उज्यालो पर्वमा अँध्यारो : विपीनको शव घरमा
उज्यालो पर्वमा अँध्यारो : विपीनको शव घरमा कोठाको एउटा कुनामा आमा, बुवा, अर्को कुनामा बहिनी छिन् । दिउँसैदेखि उनीहरू मौन छन्, अनि घरमा कुनै दीप बलेको छैन । तिहारको उल्लास बढ्दै जाँदा टोलमा देउसी, भैली र तिहारका गीत बजिरहेछन् । भारतसँग सीमा जोडिएको यो सहरमा छिनछिनमा पटका पड्किरहेछन् तर यो घरलाई ती केहीले छोएको छैन ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारीका लागि रुट कायम
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारीका लागि रुट कायम शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आन्तरिक तथा बाह्य पर्यटकका लागि जंगल सफारी रुट कायम गरेको छ । वर्षाको मौसम हटेसँगै सात दिनअघिदेखि नै पर्यटकका लागि जंगल सफारी गर्न निकुञ्ज खुला गरिएको हो ।
तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो
तिहारमा मिठाइ, किसमिस र झिलिमिली बत्तीको व्यापार बढ्यो तिहार सुरु भएसँगै धरानका सडकपेटी बत्तीको उज्यालो मात्र होइन, व्यापारीको परिश्रमले पनि जीवन्त बनेको छ । बिहानैदेखि सुरु हुने बजारको चहलपहल साँझसम्म निरन्तर देखिन्छ ।
लक्ष्मीपूजाको दिन विद्युत्‌को माग १६५० मेगावाट, निर्यात १०१५ मेगावाट
लक्ष्मीपूजाको दिन विद्युत्‌को माग १६५० मेगावाट, निर्यात १०१५ मेगावाट लक्ष्मीपूजाको साँझ देशभर विद्युत्‌को माग १६५० मेगावाट भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार, साँझ ६:५० बजे देशभित्रको आन्तरिक विद्युत् माग १,६५० मेगावाट पुगेको थियो भने भारततर्फ १,०१५ मेगावाट विद्युत् निर्यात गरिएको थियो ।
Weather Update