रघुगंगा गाउँपालिकाले असोजसम्म उपभोक्ता समितिसँग सम्झौता गरिसक्ने, त्यसपछि ठेक्का

 

काठमाडौँ । म्याग्दीको रघुगंगा गाउँपालिकाले उपभोक्ता समिति मार्फत संचालन गरिने आयोजनाहरुको सम्झौता आगामी असोज मसान्तभित्रै गरिसक्ने भएको छ ।

गाउँपालिकाको गत असार ३० गते सम्पन्न कार्यपालिका बैठकले यस्तो निर्णय गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुलराज पौडेलले जानकारी दिए ।

कार्यपालिका बैठकले असोज मसान्तभित्र सबै वडामा उपभोक्ता समितिबाट संचालन हुने आयोजनाको सम्झौता गर्न सुचना जारी गरिसकिएको पौडेलले बताए । सो पश्चात गाउँपालिको बाँकी रहेका आयोजनाहरु ठेक्का मार्फत संचालन गर्नेछ ।

गाउँपालिकाले सबै वडा कार्यालयहरुलाई पत्राचार गरी सो निर्णय अनुसार उपभोक्ता समितिहरुसँग सम्झौता गर्न  पनि भनेको छ ।

 

प्रकाशित मिति: मंगलबार, साउन १२, २०८३  १७:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update