हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु
आइतबार, जेठ ३१, २०८३
विश्वकप फुटबल : ब्राजिल र मोरक्को बराबरीमा रोकिए
आइतबार, जेठ ३१, २०८३
फिफा विश्वकप २०२६ अन्तर्गत आइतबार बिहान भएको खेलमा ब्राजिल र मोरक्कोबीचले बराबरी खेलेका छन् । अमेरिकाको न्यु जर्सीमा भएको खेलमा ब्राजिल र मोरक्कोले १–१ गोलको बराबरी खेल्दै अंक बाडेका हुन् ।
विश्वकप फुटबल : सहआयोजक अमेरिकाको प्रभावशाली जित
शनिबार, जेठ ३०, २०८३
फिफा विश्वकप फुटबल २०२६ मा अमेरिकाले प्रभावशाली जितसहित विजयी सुरुवात गरेको छ । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रुपमा भइरहेको विश्वकप फुटबलको समूह डी अन्तर्गत शनिबार बिहान भएको खेलमा अमेरिकाले दक्षिण अमेरिकी प्रतिद्वन्द्वी पाराग्वेलाई ४–१ को फराकिलो अन्तरले हराएको हो ।
बाँदरपीडित किसानद्वारा गाउँपालिका घेराउ, नियन्त्रण गर्न स्वयम्सेवक परिचालन गरिने
शनिबार, जेठ ३०, २०८३
बाँदरपीडित किसानले जन्तेढुङ्गा गाउँपालिकाको कार्यालय घेराउ गरेका छन् । वर्षभरी खानका लागि आफूले लगाएको अन्नबाली बाँदरले सखाप बनाएर उठिवास बनाएको जनाउँदै गाउँपालिकाका किसानले चिसापानीस्थित गाउँपालिकाको कार्यालय घेराउ गरेका हुन् ।
हुम्लाको सिमकोट बन्यो पूर्ण खोप सुनिश्चित गाउँपालिका
शनिबार, जेठ ३०, २०८३
हुम्लाको सदरमुकाममा रहेको सिमकोट गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । आर्थिक वर्ष २०८२/८३ का लागि गाउँपालिकाभित्रका ० देखि ५९ महिनासम्मका सबै बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
डाँगीको अध्यक्षतामा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानको नयाँ कार्यसमिति
शनिबार, जेठ ३०, २०८३
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । शुक्रबार मध्यरातमा सप्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति चयन भएको निर्वाचन समितिले जनाएको छ । डाँगी संस्थाको विधानअनुसार स्वतः अध्यक्ष बनेका हुन्।
विश्वकपको तेस्रो खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिना बराबर
शनिबार, जेठ ३०, २०८३
फिफा विश्वकप फुटबल–२०२६ को तेस्रो खेलमा घरेलु टोली क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाबीचको खेल बराबरीमा सकिएको छ ।
क्यानडाको टोरन्टो स्टेडियममा भएको समूह चरणको तेस्रो तथा समूह बी को पहिलो खेलमा क्यानडा र बोस्निया एन्ड हर्जगोभिनाले एक/एकको बराबरी खेलेका हुन् । यससँगै दुवै टोलीले समान एक/एक अङ्क बाडेका छन् ।
आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना
शनिबार, जेठ ३०, २०८३
हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ ।
कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल तथा बाँकी भू–भागमा आंशिक बादल लागेको छ ।
स्थानीय तहसँग सम्बन्धित कसकसले भर्नुपर्छ सम्पत्ति विवरण ?
शुक्रबार, जेठ २९, २०८३
यही सन्दर्भमा वडापालिकाले सम्पत्ति छानविन आयोगका सदस्य गणेश केसीसँग सम्पर्क गरी स्थानीय तहका कुन कुन पदाधिकारी वा कर्मचारीले सम्पत्ति विवरण बुझाउनु पर्ने हो भनेर सोधको छ ।
यस्तो छ सार्वजनिक जग्गा संरक्षण सम्बन्धी रावल आयोग प्रतिवेदनको पृष्ठभूमि
शुक्रबार, जेठ २९, २०८३
यस निर्णयसँगै २०२१ सालको नापीका आधारमा रावल आयोगको प्रतिवेदनले समेटेको तत्कालित काठमाडौँ महानगर क्षेत्रका ३५ वटै वडामा अतिक्रमण भएको सम्पूर्ण (१८५९ रोपनी १४ आना ३ पैसा ३ दाम) सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गर्ने बाटो खुलेको छ।
अध्ययन भिसा सिफारिस प्रकरणमा कर्मचारीको भूमिका छानबिन गर्न समिति गठन
शुक्रबार, जेठ २९, २०८३
मन्त्रिस्तरीय निर्णय अनुसार मन्त्रालयका सहसचिव चन्द्रकान्त भुसालको संयोजकत्वमा समिति गठन गरिएको हो । समितिका सदस्यमा मन्त्रालयकै उपसचिव (कानुन) गोपीकृष्ण रेग्मी र शाखा अधिकृत गुणराज भट्टराई रहेका छन् ।


