भोलीको मौसमः ढुक्कले मत हाल्न पाइने‚ कतै पनि छैन वर्षाको संभावना
बुधबार, फागुन २०, २०८२
निर्वाचनको तयारी पूरा: प्रत्यक्षतर्फको मतपरिणाम २४ घण्टाभित्र दिने तयारी
बुधबार, फागुन २०, २०८२
कतिपय जिल्लामा उम्मेदवारहरुसमेत पैसा र मादक पदार्थ बोकेर मतदाता प्रभावित गर्न हिँडेको आशङ्कामा पक्राउ परेका छन् । कार्यवाहक प्रमुख आयुक्त भण्डारीले यस्ता गविविधिमा आयोगले शुन्य सहनशीलतानको नीति लिएको स्पष्ट पारे।
निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ११ जना नियन्त्रणमा, चार मदिरा पसल सिल
बुधबार, फागुन २०, २०८२
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दका अनुसार अनुगमनका क्रममा जिल्लाका विभिन्न स्थानबाट मङ्गलबार रातिसम्म चारवटा मदिरा पसल सिल गर्नुका साथै मदिरा बिक्रीवितरण तथा ओसारपसारमा संलग्न ११ जना व्यक्तिलाई पक्राउ गरिएको छ ।
निर्वाचनको दिन आन्तरिक र अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने
मंगलबार, फागुन १९, २०८२
मध्यपूर्वी देशहरूका गन्तव्यहरूको उडान सम्बन्धित देशको निर्णय र त्यहाँका विमानस्थलको मौजुदा अवस्थाका आधारमा मात्र तय गरिनेछ। वायुसेवा कम्पनीहरूले संशोधित उडान तालिका बमोजिम मात्र ती क्षेत्रमा उडान भर्ने प्राधिकरणको सूचनामा उल्लेख छ।
भक्तपुरमा निजी कार दुर्घटना‚ तीनको मृत्यु हुँदा दुई घाइते
मंगलबार, फागुन १९, २०८२
सोमबार दिउँसो भएको दुर्घटनामा गम्भीर घाइतेमध्ये काठमाडौँ महानगरपालिका–३२ जडीबुटीका ५५ वर्षीय योगेन्द्र प्रधान, ४८ वर्षीय सुरेन्द्र प्रधान र ५५ वर्षीया कृष्णमाया प्रधानको उपचारको क्रममा आज मृत्यु भएको भक्तपुर जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए।
धरहराभित्र पार्किङस्थल व्यवस्थापनको जिम्मेवारी काठमाडौं महानगरलाई प्रदान
मंगलबार, फागुन १९, २०८२
छलफलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको तत्कालीन र दीर्घकालीन परियोजना प्रारूप तयार गर्न सहरी विकास मन्त्रालय र महानगरका अधिकारीसहितको समिति गठन गर्ने निर्णय गरेको छ । कार्यवाहक प्रमुख डङ्गोलले धरहरा क्षेत्रको सञ्चालन व्यवस्थापनको दायित्व महानगरपालिकाले ग्रहण गर्ने इच्छाअनुसार जिम्मेवारी प्राप्त गरिएको बताइन्।
सर्वोच्चद्वारा प्रसाईंसहित चार बन्दीको मुद्दामा कारण देखाउ आदेश
मंगलबार, फागुन १९, २०८२
न्यायाधीश कुमार रेग्मीको एकल इजलासले आज चारजना निवेदकहरूको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै थुनामा राख्नुको कारणसहित अनुसन्धानको सक्कल मिसिलसहित म्याद सूचना पाएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र लिखित जवाफ माग गर्ने आदेश गरेको हो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनः एघार दल र एक हजार ९८६ उम्मेदवारले मात्र खोले बैंक खाता
मंगलबार, फागुन १९, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसार बैंक खाता (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८२ अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ मा भाग लिने प्रयोजनका लागि आयोगमा दर्ता भई समानुपातिक र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि उम्मेदवारी दिएका सबै राजनीतिक दल, दलका उम्मेदवारहरू र स्वतन्त्र उम्मेदवारहरूले समेत कार्यविधि अनुसार निर्वाचन प्रचारप्रसारका लागि आर्थिक...
निर्वाचन बिदामा पनि सर्वोच्च अदालत खुल्ने, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हेरिने
मंगलबार, फागुन १९, २०८२
बन्दीप्रत्यक्षीकरणको रिट निवेदन व्यक्तिको व्यक्तिगत स्वतन्त्रता तथा मौलिक हकसँग प्रत्यक्ष सम्बन्धित विषय भएकाले सार्वजनिक बिदाका दिनसमेत सुनुवाइको व्यवस्था गरिएको सर्वोच्च अदालतले जनाएको छ ।
विश्व बजारमा तेल र ग्यासको मूल्य बढ्यो, मुद्रास्फीतिमा असर पर्ने संकेत
सोमबार, फागुन १८, २०८२
आर्थिक मामिला विज्ञ धार्सिनी डेभिडका अनुसार तेल र ग्यासको मूल्य बढ्नुले अर्थतन्त्रमा कस्तो असर पार्छ भन्ने कुरा यो मूल्य कति माथि जान्छ र कति समयसम्म उच्च रहन्छ भन्नेमा भर पर्छ। अहिलेको मूल्य वृद्धिको स्तरलाई हेर्दा यसको प्रभाव निकै कम हुने अनुमान गरिएको बीबीसीको समाचारमा उल्लेख छ ।
हरिहरपुरगढी गाउँपालिकामा श्रीमती हत्याको अभियोगमा राई पक्राउ
सोमबार, फागुन १८, २०८२
अभियुक्तले आइतबार अपराह्न श्रीमतीमाथि बन्चरो प्रहार गर्दा निजको घटनास्थलमा मृत्यु भएको थियो । घटनाको खबर प्राप्त हुनासाथ परिचालन भएको प्रहरी टोलीले अभियुक्तलाई आज पक्राउ गरेको हो ।
मोटरसाइकल दुर्घटना एक जनाको मृत्यु, दुई घाइते
सोमबार, फागुन १८, २०८२
दुर्घटनामा गम्भीर घाइते भएका गिरीलाई उपचारका लागि तत्काल जिल्ला अस्पताल रुकुमकोट लगिएकामा चिकित्सकले मृत घोषणा गरेको थिए ।दुर्घटनामा परी सोही ठाउँका १८ वर्षीय सुरेश गिरी र रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–७ की १० वर्षीया अनिता डाँगी घाइते हुनुुभएको छ । दुवै जनाको हाल जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


