स्मार्ट टेलिकम अनियमिततामा मेरो कुनै संलग्नता छैनः सांसद खरेल
सोमबार, वैशाख २८, २०८३
प्रतिनिधिसभा सदस्य जगदीश खरेल (ललितपुर) ले आफूलाई स्मार्ट टेलिकमको अनियमिताका नाममा अनावश्यक रूपमा मुछिएको दुःखेसो गरेका छन् ।
कमलामाई नगरपालिकाले आइतबार पनि विद्यालय खोल्ने, शुक्रबार हाफछुट्टी
सोमबार, वैशाख २८, २०८३
बैशाख २६ गते बसेको नगर कार्यपालिका बैठकले आइतबार पनि विद्यालय संचालान गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले जानकारी दिए ।
तटबन्ध उचाइ बढाउन टीकापुर–५ का स्थानीयको माग, यस्तो छ कारण
सोमबार, वैशाख २८, २०८३
कैलालीको टीकापुर नगरपालिका–५ दौलतपुरस्थित कर्णाली नदीमा निर्माण भइरहेको तटबन्ध उचाइ कम भएकाले उचाइ बढाउनुपर्ने स्थानीयले माग गरेका छन् ।
मन्त्रिपरिषद् बैठकले स्वीकृत गर्यो सरकारको नीति तथा कार्यक्रम
सोमबार, वैशाख २८, २०८३
आज अपराह्न ४ बजे राष्ट्रपति पौडेलले नेपालकोसंविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने सम्भावित कार्यसूची छ ।
आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान
सोमबार, वैशाख २८, २०८३
सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन सुरु हुँदैछ । सरकारले आजदेखि जेठ १ गतेसम्म सङ्घ, प्रदेश र स्थानीय तहका सबै कार्यालयमा सरसफाइ सप्ताह सुरु गर्न थालेको हो ।
सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउँछौँः सभापति लामिछाने
आइतबार, वैशाख २७, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जोखिमपूर्ण ठाउँमा बसेका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी भूमिहीनलाई लालपूर्जा उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताएका छन् ।
सरकारले ट्रेड युनियन खारेज जस्तै गरी निजी क्षेत्रले पनि ट्रेड युनियन मान्दिनँ भन्न पाउँछ ?
आइतबार, वैशाख २७, २०८३
सरकार रोजगारदाता रहेको अवस्थामा ट्रेड युनियन खारेज गर्ने तर निजी क्षेत्र रोजगारदाता रहेको स्थानमा ट्रेड युनियन कायम राख्नु दोहोरो चरित्र भएकोले निजी क्षेत्रमा पनि हटाउनु पर्ने आवाज उठ्न थालेको हो ।
हराएका ६५ वटा मोटरसाइकलर र स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण
आइतबार, वैशाख २७, २०८३
काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट चोरी भएका ६५ थान मोटरसाइकल तथा स्कुटर फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण गरिएको छ ।
भृकुटीमण्डपमा दक्षिण एसियाली व्यापार मेला जारी
आइतबार, वैशाख २७, २०८३
दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरहरूलाई एकै थलोमा ल्याउने उद्देश्यसहित गत बिहीबारदेखि स्थानीय भृकुटीमण्डपमा ‘साउथ एसिया ट्रेड फेयर २०२६’ जारी छ ।


