म्याग्दीको धवलागिरि गाउँपालिकामा ६५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण सुरु
सोमबार, वैशाख १४, २०८३
सरकारलाई हर्क साम्पाङको प्रश्न : यो सैनिक शासन हो ?
सोमबार, वैशाख १४, २०८३
श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङ वर्तमान शासन सैनिक शासन हो भनी प्रश्न गरेका छन्।
मुस्ताङको जोमसोममा लेक लागेर भारतीय पर्यटकको मृत्यु
सोमबार, वैशाख १४, २०८३
मुस्ताङको जोमसोममा लेक लागेर एकजना भारतीय पर्यटकको मृत्यु भएको छ । भारतस्थित तमिलनाडु राज्यका ६३ वर्षीय भानु मठ्ठीको आइतबार जोमसोममा लेक लागेर मृत्यु भएको हो ।
कक्षा १२ को परीक्षा आजदेखि, चार लाख १८ हजार विद्यार्थी सहभागी हुँदै
सोमबार, वैशाख १४, २०८३
यस वर्षको कक्षा १२ को परीक्षा आज (वैशाख १४) देखि सुरु हुँदै छ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुनेछ ।
कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन हुन सक्ला ?
सोमबार, वैशाख १४, २०८३
नेपाली कांग्रेसले संसदीय दलको नेता सर्वसम्मतिले चयन गर्ने तयारी गरेको छ । कांग्रेसले सोमबार कार्यसम्पादन समितिको बैठकपछि संसदीय दलको बैठक बोलाएको छ ।
मध्यविन्दु नगरपालिकामा भएको दुर्घटनामा एक जनाको मृत्यु
आइतबार, वैशाख १३, २०८३
डण्डाबाट अरुणखोलातर्फ आउँदै गरेको लु१अ यो १६ नम्बरको टिपरले विपरीत दिशातर्फ जाँदै गरेको म प्र ०३-०४३ प ६६७४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कर्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक युवराज खड्काले बताए।
अवरुद्ध भोजपुर-चखेवा सडक एकतर्फी सञ्चालनमा
आइतबार, वैशाख १३, २०८३
‘बाढीले पुल बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । अहिले नयाँ ट्रयाक खोलेर साना सवारीसाधन सञ्चालनमा ल्याएका छौँ । ठूला सवारीसाधन सञ्चालनका लागि भने अझै केही समय लाग्ने छ‚’ उनले भने । यो सडकखण्ड स्थानीय जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण मार्ग हो ।
टोखा नगरपालिकाको ‘बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
आइतबार, वैशाख १३, २०८३
उनका अनुसार अहिलेसम्म चार बालबालबालिकाको मात्र बैंक खाता खोली रु पाँच हजार जम्मा गरिएको छ । नगरपालिकामा वार्षिक एक हजार ७६६ बच्चा जन्मने प्रक्षेपण गरिएको शाखा प्रमुख कुलालले जानकारी दिए ।
बाँकेका १२ सामुदायिक वनमा डढेलो
आइतबार, वैशाख १३, २०८३
उनका अनुसार जिल्लामा वन डढेलो नियन्त्रणमा लागि १४ जनाको डढेलो नियन्त्रण दस्ता निर्माण गरिएको छ । अहिले रहेको २००० लिटर क्षमताको ट्याक्टरले राजमार्ग आसपासका क्षेत्रमा मात्रै वन डढेलो निभाउन सकिएको उनले जानकारी दिए। डढेलो नियन्त्रणका लागि वनका भित्री भागसम्म जान सक्ने दमकल आवश्यक भएको उल्लेख गर्दै वन कार्यालयका योजना अधिकृत...
दलको नेता चयनमा देखिको कांग्रेस विवाद के हो? बोलाइयो बैठक
आइतबार, वैशाख १३, २०८३
कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ। निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले संसदीय दलको बैठकबाट दलको नेता चयनसम्बन्धी विषयलाई पारित गर्ने कार्यसूची रहेको बताए ।
८ महिनामा काँकडभिट्टाबाट सात हजार ६४२ पर्यटक नेपाल भित्रिए‚ कहाँबाट कति?
आइतबार, वैशाख १३, २०८३
आउने मात्र नभएर पर्यटकले नेपालबाट अर्को मुलुक प्रस्थान गर्नका लागिसमेत यो नाका प्रयोग गर्दै आएका छन् । सोही अवधिमा काँकडभिट्टा नाका भएर नौ हजार ९४२ पर्यटक यहाँबाट बाहिरिएको तथ्याङ्क छ । आव २०८१/८२ को साउनदेखि चैतसम्ममा भने यहाँबाट आठ हजार ७० जना पर्यटक भित्रिएका थिए । चालु आवको सोही अवधिमा...
मानुङकोटलाई पर्यटकीय ग्राम बनाउन जुट्यो व्यास नगरपालिका, जग्गा एकीकरण गरिदै
आइतबार, वैशाख १३, २०८३
परापूर्वकालमा महर्षि वेदव्यासका पिता पराशर ऋषिले सत्यवतीसँग सम्भोग गर्न इच्छा प्रकट गर्दा लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराइदिएको धार्मिक किंवदन्ती रहँदै आएको छ ।
काठमाडौँ उपत्यकाका नदी किरानका सुकुम्बासी बस्ती आज पनि खाली गराइदै
आइतबार, वैशाख १३, २०८३
हिजो बाँकी रहेका संरचनाहरू भत्काउन र जग्गा खाली गर्न सरकारी टोली बिहानैदेखि कार्यक्षेत्रमा खटिएको छ।


