राष्ट्रिय सभा निर्वाचन : सांसद काठमाडौँमा, भोट भने खस्यो कोशीमा
सोमबार, माघ १२, २०८२
ध्वनि प्रदूषण गरेर समाजमा आतंक सिर्जना गर्ने २५२ जना मोटरसाइकल चालक कारबाहीमा
सोमबार, माघ १२, २०८२
स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कास्की प्रहरीले कारबाही सुरु गरेको छ।
डकैती मुद्दामा ६ वर्ष कैद र २ लाख ८० हजार रुपैयाँ जरिबाना तोकिएका अभियुक्त २१ वर्षपछि पक्राउ
सोमबार, माघ १२, २०८२
२१ वर्षदेखि फरार एक अभियुक्तलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ।
संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
सोमबार, माघ १२, २०८२
फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसा सदस्य निर्वाचनका सम्बन्धमा कुनै समस्या आएमा तत्काल समाधानका लागि निर्वाचन आयोगले संयुक्त निर्वाचन सञ्चालन केन्द्र सञ्चालनमा ल्याएको छ ।
लागुऔषधसहित पाँच जना पक्राउ
आइतबार, माघ ११, २०८२
पक्राउ पर्नेमा हेटौँडा उपमहापालिका–२ का २१ वर्षीय विकास परियार, हेटौँडा–४ का २१ वर्षीय विनोद ढुङ्गाना, हेटौँडा–११ का २२ वर्षीय छिरिङ लो तामाङ, हेटौँडा उपमहापालिका–१७ का २४ वर्षीय योएक्त प्रजा र प्रेमबहादुर प्रजा रहेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिए ।
एमाले र प्रलोपाबीच तालमेल गर्ने सहमति
आइतबार, माघ ११, २०८२
दुई दलबीचमा आज भएको सहमतिअनुसार प्रलोपाबाट पश्चिम रुकुमका उम्मेदवार जनार्दन शर्मा र पूर्वीरुकुमका उम्मेदवार सन्दीप पुनको पक्षमा ‘आँखा’ चिह्नमा एमालेले सहयोग गर्ने सहमति भएको हो ।
‘फेक रेस्क्यू’को नक्कली कागजात बनाएर करोडौँ ठगी गरेको अभियोगमा छ जना पक्राउ
आइतबार, माघ ११, २०८२
पक्राउ पर्नेमा जयराम रिमाल, विवेक पाण्डे, रवीन्द्र अधिकारी, विवेकराज थपलिया, मुक्ति पाण्डे र सुभाष केसी रहेका छन् । पक्राउ परेका रिमाल र पाण्डे माउन्टेन रेस्क्यू सर्भिसमा, अधिकारी र थपलिया नेपाल चार्टर सर्भिस प्रालिमा र पाण्डे र कसी एभरेष्ट एक्सपिरियन्स एन्ड एसिस्टेन्स प्रालिमा आबद्ध रहेका थिए ।
कांग्रेसले फागुन ७ गते जनकपुरमा आमसभा गर्ने
आइतबार, माघ ११, २०८२
‘त्याग र समर्पणको पवित्र भूमि – शहीद नगरी जनकपुरधाममा ऐतिहासिक आमसभा, नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापालगायत केन्द्रीय नेताहरूबाट सम्बोधन हुने विशेष आमसभा प्रजातन्त्र दिवस फागुन ७ गते तय गरिएको छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
गृहले भन्योः झन्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यान दिनु
आइतबार, माघ ११, २०८२
मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, ‘राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झन्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्नु होला, अन्यथा यसको दुरुपयोग भएको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यहोरा गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ ।’
चैनपुर नगरपालिकामा जीप दुर्घटना : दुई जनाको मृत्यु, तीन जना घाइते
आइतबार, माघ ११, २०८२
चैनपुरबाट बिहीबारेतर्फ जाँदै गरेको प्र १-००१ च ८२४७ नम्बरको जीप चैनपुर-१ नुनढाकी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।
६ लाख ९४ हजार भ्रष्टाचार गरेको भन्दै वडाध्यक्ष र वडासचिव विरुद्ध मुद्दा
आइतबार, माघ ११, २०८२
बाराको कलैया उपमहानगरपालिका –३ का तत्कालीन वडा अध्यक्ष जलालुदिन मंसुरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
दलहरुले घोषणापत्र लेखन कहाँ पुर्याए, कहिले हुन्छ सार्वजनिक ?
आइतबार, माघ ११, २०८२
घोषणापत्रमा समेटिएका विषयवस्तु कार्यान्वयन गर्ने सम्बन्धमा भने कानुनी बाध्यता नभएकाले कार्यान्यवन पक्ष सधैँ फितलो हुने गरेको आमजनताको गुनासो छ ।


