आज कांग्रेसको विशेष महाधिवेशन
आज कांग्रेसको विशेष महाधिवेशन नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच आज पुस २७ गते (आइतबार) विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदै छ।
निर्वाचन : सामाजिक सञ्जालमा के के गर्न पाइन्न ?
निर्वाचन : सामाजिक सञ्जालमा के के गर्न पाइन्न ?  निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधि पनि आचारसंहिताको दायरामा ल्याएको छ।
मिथिला नगरपालिकामा रहेको ऐलानी जग्गाको विषयमा झडप हुँदा १२ जना घाइते
मिथिला नगरपालिकामा रहेको ऐलानी जग्गाको विषयमा झडप हुँदा १२ जना घाइते जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रुगमबहादुर कुँवरका अनुसार झडपमा घाइते भएका सबैलाई प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि लगिएको छ । स्थानीय सुनिल परियार, विक्रम परियारसहित अधिकांशको टाउकोमा चोट लागेको उनले बताए।
उज्यालो नेपाल पार्टीका अध्यक्ष बने कुलमान
उज्यालो नेपाल पार्टीका अध्यक्ष बने कुलमान ‘उज्यालो नेपाल पार्टीका अध्यक्ष पदमा श्री कुलमान घिसिङज्यूलाई नियुक्त गरिएको औपचारिक घोषणा तथा नवनियुक्त अध्यक्षसँग समसामयिक घटनाक्रमको बारेमा प्रत्यक्ष प्रेस भेटघाट कार्यक्रम आयोजना गर्न लागिएको व्यहोरा जानकारी गराउँदै तपाईंको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ,’ डा. थापाले भनेका छन् ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी सम्पन्न
कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी सम्पन्न भृकुटीमण्डपको खुला चौरमा हुने उद्घाटन शत्रका लागि मञ्च सजाएर चिटिक्क पारिएको छ । मञ्च ब्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले उद्घाटन समारोहका लागि मञ्चमा ५० जना अतिथि अटाउने गरी कुर्सीको ब्यवस्थापन गरिने बताए । 
सभापति देउवाद्वारा विशेष महाधिवेशनको निमन्त्रणा अस्वीकार 
सभापति देउवाद्वारा विशेष महाधिवेशनको निमन्त्रणा अस्वीकार  हरसमयसँगको कुराकानीमा साहले सभापति देउवाले पत्र बुझ्न नमानेको जानकारी दिए । भित्र बैठकमा रहेका देउवालाई भेट गरेर पत्र बुझाउने तयारी भए पनि आधा घण्टासम्म बस्दा पनि ननिस्किएपछि स्वकीय सचिव भानु देउवालाई दिएको पत्र फर्काइदिएको साहले बताए ।
शुक्लागण्डकी नगरपालिकामा एकैदिन तीन वटा शव फेला
शुक्लागण्डकी नगरपालिकामा एकैदिन तीन वटा शव फेला इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक धननारायण श्रेष्ठका अनुसार फोहरमैला प्रशोधन केन्द्र नजिक दुई पुरुष र जङ्गलमा एक महिलाको शव फेला परेको हो । मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।
हाँडीगाउँको प्राचीनता फर्काउन ९ करोड ५० लाख रुपियाँमा ५४ वटा घरको अग्रमोहडा सुधार गरिँदै 
हाँडीगाउँको प्राचीनता फर्काउन ९ करोड ५० लाख रुपियाँमा ५४ वटा घरको अग्रमोहडा सुधार गरिँदै  यस क्रममा कृष्णमन्दिरदेखि डवलीहुँदै भवँर कुःसम्मको करिब ३०९ मिटर सडक दायाँवायाँका भवनहरुको अग्रमोहोडालाई मौलिक स्वरुपमा रुपान्तरणको काम सुरु हुन लागेको छ । ढुङ्गा विछ्याउनेसहितको यो कामका लागि ९ करोड ७३ लाख रुपियाँ लागत अनुमान गरिएकोमा बोलपत्रबाट छनोट भएको निर्माण पक्षसँग ९ करोड ४५ लाख रुपियाँमा सम्झौता गरिएको छ ।
विशेष महाधिवेशनमा सहभागी नहुन मधेसका आठ जिल्लाका सभापतिको आग्रह
विशेष महाधिवेशनमा सहभागी नहुन मधेसका आठ जिल्लाका सभापतिको आग्रह जिल्ला सभापतिहरूमा महोत्तरीका नागेश्वरप्रसाद यादव, सप्तरीका रामदेव शाह, सर्लाहीका डा सरोजकुमार यादव, बाराका राजेशराय यादव, सिरहाका रामचन्द्र यादव, रौतहटका सुनिलकुमार यादव, पर्साका जनार्दन सिंह क्षेत्री र धनुषाका योगेन्द्र पञ्जियारले हस्ताक्षर गर्नुभएको छ । पार्टीको हित, प्रतिष्ठा र सङ्गठन सुदृढीकरणका लागि अनुशासन, एकता र समन्वय अपरिहार्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ...
झन् चिसियो काठमाडौं, तापक्रम झर्‍यो २.४ डिग्रीमा
झन् चिसियो काठमाडौं, तापक्रम झर्‍यो २.४ डिग्रीमा जल तथा मौसम विज्ञान विभागका अनुसार यो रेकर्ड काठमाडौँको यो वर्षकै सबैभन्दा कम हो । पुस लागेपछि देशभरको तापक्रम विस्तारै घटिरहेको र यो क्रम जारी रहेको मौसमविद् विनु महर्जनले बताइन्। उनले यो बेला तापक्रम घट्दो नै हुने भएकाले चिसोबाट जोगिनुपर्ने बताइन्।
निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने
निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्त र उच्चअधिकारीहरूले प्रधानमन्त्री कार्कीलाई भेटेर सो जानकारी गराउनुका साथै निर्वाचनको व्यवस्थापन र तयारीका विषयमा छलफल भएको हो । 
Weather Update