राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश

 काठमाडौं । रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेका छन्।

यसअघि मन्त्रिपरिषद्को सिफारिसमा आएका आठ अध्यादेशमध्ये सात वटा जारी गरिसकेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद्को अध्यादेश भने पुनर्विचारका लागि फिर्ता पठाएका थिए।

सो अध्यादेशलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जस्ताकोतस्तै पुनः सिफारिस गरेपछि राष्ट्रपतिले मंगलबार अध्यादेश जारी गरेका हुन्।

नयाँ व्यवस्थाअनुसार संवैधानिक परिषद्को बैठक बस्न कम्तीमा चार सदस्य उपस्थित भए पुग्नेछ भने उपस्थित सदस्यहरूको बहुमतबाट निर्णय गर्न सकिने प्रावधान राखिएको छ।

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  १३:००
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update