जेनजी विद्रोहमा गाडी जलेपछि मोटरसाइकल चढ्छन् मेयर रेग्मी, गाडी खरिदको बजेटले शववाहन

 

चितवन । चितवनको कालिका नगरपालिकाले मेयरको गाडी किन्ने बजेटबाट शववाहन खरिद गरेको छ । 

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा मेयरको सहित तीन वटा गाडी जलेको थियो । मेयरले मोटरसाइकल प्रयोग गरेर शववाहन खरिद गरिएको हो । 

मेयर विनोद रेग्मीले ३१ लाख रुपैयाँमा शववाहन खरिद गरिएको बताए ।

‘नगरपालिकामा एउटा पनि गाडी छैन, मेयरका लागि गाडी खरिद गर्ने भनेर बजेट छुट्याइएको थियो, त्यसबाट शववाहन खरिद गरियो,’ उनले भने ।

जिल्लाको पहाडी भूभागसमेत पर्ने नगरपालिकाका विपन्न समुदायले मृत्युपछि अन्त्येष्टिका लागि लैजान सवारीमा खर्च गर्न नसक्ने भएकाले निःशुल्क सञ्चालन गर्न शववाहन खरिद गरेको मेयर रेग्मीले बताए ।

कतिपय खाडीमुलुकबाट काठमाडौँसम्म ल्याएको शवसमेत ल्याउन समस्या हुने गरेकाले शववाहनलाई प्राथमिकता दिएको उनको भनाइ छ ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख २९, २०८३  १३:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update