काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकले पोखराको लेकसाइडमा रहेको फिस्टेल लज र चितवनको जगतपुर लजमा विभिन्न सेवाहरूमा विशेष छुट पाउने भएका छन् । बैंकले आफ्ना ग्राहकलाई छुट प्रदान गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारी पश्चात बैंकका ग्राहकले अन्नपूर्ण ग्रुप अफ होटल्स अन्तर्गत सञ्चालित उक्त दुई लजहरुबाट विभिन्न सेवा तथा सुविधाहरू लिँदा विशेष छुट प्राप्त गर्न सक्ने छन् । समझदारी अनुसार उक्त लजहरुमा खाद्य तथा पेय पदार्थमा १० प्रतिशत छुट सुविधा उपयोग गर्न सक्ने छन् भने आवासीय सेवामा कर्पोरेट शुल्क प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाको उपयोग गर्न ग्राहकले एनआईसी एशिया बैंकको डेबिट कार्ड वा क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग एप (मोबैंक) प्रयोग गरी भुक्तानी गर्नुपर्ने बैंकले जानकारी दिएको छ । उक्त लजहरुसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई विशेष सहुलियत प्राप्त हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।





