एनआईसी एशिया बैंकद्वारा बालकोट, भक्तपुरको बाल विनायक आधारभूत विद्यालयलाई सहयोग

काठमाडौँ । एनआईसी एशिया बैंकले भक्तपुरको सूर्यविनायक–२ मा रहेको बाल विनायक आधारभूत विद्यालयलाई ल्यापटप र डेस्कटप कम्प्युटर प्रदान गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका सहयोग गरेको हो ।

हाल १७० भन्दा धेरै विद्यार्थीहरु अध्ययनरत रहेको उक्त असार २२ गते बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत रन्जन खड्का र बैंकका काठमाडौंपूर्वका सर्कल हेड गणेश पौडेलले उक्त विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा सूर्यविनायक नगरपालिका वडा नं. २ का अध्यक्ष जनार्दन खड्का र विद्यालयका प्रधानाध्यापक सविना राजभण्डारीलाई संयुक्तरुपमा एक थान ल्यापटप र ३ थान डेस्कटप कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका शिक्षक, शिक्षिका, विद्यार्थीहरु र बैंकका तर्फबाट बैंकका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।  

बैंकले उपलब्ध गराएको उक्त सहयोगले विद्यार्थीहरुको पठनपाठनमा अझ धेरै सहजता हुनुको साथै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न तथा सूचना प्रविधि क्षेत्रमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

 

प्रकाशित मिति: मंगलबार, असार २३, २०८३  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update