सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको टोलीले आज सुर्खेतबाट पक्राउ गरेको हो ।
पक्राउपछि पौडेललाई केही समय जिल्ला प्रहरी कार्यालय सुर्खेतमा राखिएको थियो । उनलाई नेपालगञ्जबाट काठमाडौं ल्याउने तयारी भएको प्रहरीको भनाइ छ ।
पौडेल सुर्खेतमा एमालेको निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यक्रममा सहभागी भइरहँदा पक्राउ परेका हुन । उनलाई पक्राउ गर्न सम्पत्ति शुद्धीकरण विभागले जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई पत्र पठाएको थियो ।
प्रकाशित मिति: सोमबार, असार ८, २०८३ १९:३७
प्रतिक्रिया दिनुहोस्





