मधेस प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसुची

 

जनकपुरधाम । मधेस प्रदेशसभामा आजदेखि प्रदेश विनियोजन विधेयकअन्तर्गत आगामी आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन भएको विषयगत मन्त्रालयका शीर्षकमाथि छलफल हुने भएको छ ।

विनियोजन विधेयकमाथि छलफलका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभाको अधिवेशन आह्वान भएको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए ।

प्रदेशसभामा आजैदेखि सरकारको विनियोजन विधेयकमाथि छलफल प्रारम्भ गर्ने सम्भावित कार्यसूची रहेकोे उनले बताए ।

मधेस प्रदेश सरकारले आगामी आव २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । मधेस प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभाको बैठकमा आगामी आव २०८३/८४ मा कृषि नवप्रर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राख्दै ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँको बजेट प्रस्तुत गरेका थिए । रासस

 

प्रकाशित मिति: बुधबार, असार १७, २०८३  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update