पोखरा महानगरले व्यवस्थापन गर्यो ३२० सडक चौपाया, गौशाखा संचालनको पनि रचनात्मक काम

 

काठमाडौँ । पोखरा महानगरपालिकाले सडकमा छाडा छोडिएका ३२० चौपायाको व्यवस्थापन गरेको छ ।

सडक दुर्घटना हुनबाट जोगाउन जनावरलाई ‘पुष्करणी परोपकार गोकुलधाम’ (गौशाला) मार्फत  हेरचाह गरिएको छ । प्राप्त दूध र कम्पोष्ट मल बिक्री गरी गोलधामले रचनात्मक काम सुरु गरेको छ । 

महानगरको जनावर उद्धार वाहनमार्फत  चौपायालाई पोखरा–१४ बाच्छिवुडुवामा पुर्‍याइएको नगर प्रहरी निरीक्षक पुरुषोत्तम थापाले जानकारी दिए ।

सडकमा बेवारिसे भेटिएका चौपायालाई उद्धार गरी गौशालासम्म पुर्‍याउने गरेका छौँ,’ उनले भने ।

गाईगोरुको संरक्षण भएसँगै उक्त ठाउँ गोकुलधामका रुपमा चिनिन थालेको छ । गौशलामा गाई, गोरु र बाच्छाबाच्छी गरी ३२० भन्दा बढी चौपाया छन् । गौशला सञ्चालनका लागि महानगरले बर्सेनि आर्थिक सहयोग दिँदै आएको छ ।

 

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update