प्रधानमन्त्रीले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता, तोकियो मुख्य काम र उपलब्धी

 

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।

आज मन्त्रिपरिषद बैठकमा उनले सबै मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।

सम्झौतामा मन्त्रीहरुले चालु आर्थिक वर्षमा गरिने मुख्य काम र उपलब्धि उल्लेख गरिएको प्रधानमन्त्रीको शाहको सचिवालयले जानकारी दिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज मन्त्रीहरुले प्रधानमन्त्री शाहसँग कार्यसम्पादन सम्झौतामा हस्ताक्षर र सम्झौताको प्रति आदानप्रदान गरेका हुन् ।

उनीहरुसँग सुशासन, सामाजिक न्याय र समृद्धिसँग सम्बन्धित कार्यसम्पादन सम्झौता गरिएको हो । यस्तै प्रधानमन्त्रीसँग आजै नेपाल सरकारका मुख्यसचिव गोविन्दबहादुर कार्कीले पनि कार्यसम्पादन सम्झौता गरेका छन् ।

 

प्रकाशित मिति: बुधबार, भदौ ३, २०८३  १७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update