प्रधानमन्त्री वालेन्द्र शाह आइतबार भारत जाने, ३४ सदस्यीय टोली, मोदीसँग भेट कहिले ?

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह भारतको आइतबार अपरान्ह राजकीय भ्रमणको लागि भारत जाने तय भएको छ  ।

परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री शाह आइतबार मध्याह्न १ बजेर ४५ मिनेटमा नेपाल एयरलाइन्सको नियमित उडानबाट दिल्ली प्रस्थान गर्ने जानकारी दिएको छ ।

परराष्ट्र मन्त्रालयका सचिव अमृत राईले दिएको जानकारी अनुसार भ्रमण टोलीमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्र मन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह लगायतका उच्च पदस्थ अधिकारी रहेनछन्ु । सरकारी भ्रमण दल ३४ सदस्यीय हुने उनले बताए ।

नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट राजदूतसहित केही अधिकारीहरू थपिने मन्त्रालयको भनाइ छ ।

प्रधानमन्त्रीसँग निजी क्षेत्रबाट ५२ सदस्यीय टोली आफ्नै खर्चमा भ्रमणमा सहभागी हुनेछन् । त्यस्तै निजी सञ्चार माध्यमका पत्रकारहरू पनि भ्रमण टोलीमा आफ्नै खर्चमा सहभागी हुनेछन्।

सरकारी, निजी क्षेत्र र संचारसहितका क्षेत्रका प्रतिनिधिसमेत गणना गर्दा प्रधानमन्त्रीको भ्रमणमा एक सय जनाभन्दा धेरै सहभागी हुनेछन्। 

प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मंसिर ७ गते प्रतिनिधिमण्डल स्तरीय वार्ता गर्ने तय भएको छ । 

भ्रमणमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा उर्जासम्बन्धी परियोजना उद्घाटन गर्ने, व्यापार, पारवाहन, लगानी, सम्पर्क सञ्चाल र पूर्वाधार लगायतका विषयमा आर्थिक सहकार्यका विषयमा छलफल हुने मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ४, २०८३  १२:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update