सूर्यविनायक–२ मा तीनदिने निःशुल्क मधुमेह (सुगर) स्क्रिनिङ कार्यक्रम सञ्चालन हुने

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं. २, बालकोटमा मधुमेह (सुगर) रोगको प्रारम्भिक जाँच (स्क्रिनिङ) कार्यक्रम सञ्चालन हुने भएको छ। वडा कार्यालयले मंसिर २ गते एक सार्वजनिक सूचना जारी गर्दै आगामी मंसिर ६, ७ र ८ गते तीन दिनसम्म विभिन्न स्थानमा स्वास्थ्य जाँच कार्यक्रम सञ्चालन गरिने जानकारी दिएको हो।

'कम्युनिटी बेस्ड डाइटरी प्रोग्राम फर टाइप २ डायबिटिज प्रिभेन्सन एन्ड रिमिसन क्लिनिकल ट्रायल एन्ड इम्प्लिमेन्टेसन इभ्यालुएसन इन नेपाल' नामक अनुसन्धान परियोजनाअन्तर्गत यो कार्यक्रम आयोजना गर्न लागिएको हो।

कसले जाँच गराउन पाउँछन् ?

कार्यवाहक वडा अध्यक्ष कल्पना खतिवडा (दाहाल) का अनुसार सूचनाअनुसार सूर्यविनायक नगरपालिका वडा नं. २ मा स्थायी बसोबास गर्ने ३० देखि ६५ वर्ष उमेर समूहका नागरिकहरू यो जाँचमा सहभागी हुन पाउनेछन्। तर, हाल मधुमेह रोगसम्बन्धी औषधि सेवन गरिरहेका व्यक्तिहरू भने यस प्रारम्भिक जाँचमा सहभागी हुन पाउने छैनन्। त्यस्तै, गर्भवती तथा स्तनपान गराइरहेका महिलाहरूले समेत यो जाँच गराउन नमिल्ने वडा कार्यालयले स्पष्ट पारेको छ।

जाँच हुने मिति, समय र स्थानको तालिका:

कार्यक्रम हरेक दिन बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म सञ्चालन हुनेछ:

मंसिर ६ गते (२०८३/०८/०६): बालकोट स्वास्थ्य चौकी

मंसिर ७ गते (२०८३/०८/०७): महेन्द्र शान्ति माध्यमिक विद्यालय

मंसिर ८ गते (२०८३/०८/०८): बालविनायक आधारभूत विद्यालय (रेडक्रस भवन नजिकै)

 

प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३  १२:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update