Odapalika - The Fourth Estate - चौथो अंग
कालोसूचीमा परेकाले पनि बैंकमा खाता खोल्न पाउने, यी व्यक्तिलाई हुनेछ फाइदा

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले कालोसूचीमा राखेका व्यक्तिले समेत खाता खोल्न सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले बुधबार एकीकृत निर्देशन २०८० लाई संशोधन गरेसँगै कालोसूचीमा रहेकाले समेत पुनः खाता खोल्न पाउने भएका हुन् । 

संशोधीत एकीकृत निर्देशन २०८० अनुसार अब कानूनबमोजिम सामाजिक सुरक्षा भत्ता एवम् पेन्सन रकम प्राप्त गर्न कालोसूचीमा परेकाले खाता खोल्न पाउने छन् । 

राष्ट्र बैंकका अनुसार कालोसूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता (कल खाता समेत) खोल्न पाउने छैनन् । तर, कानूनबमोजिम सामाजिक सुरक्षा भत्ता एवम् पेन्सन रकम प्राप्त गर्ने प्रयोजनको लागि खाता खोल्न यस व्यवस्थाले बाधा नपुग्ने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १३, २०८०  १५:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update