विदेश जान श्रम स्वीकृति लिनुभयो ? सरकारले विनाधितो ऋण दिन्छ 

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकालाई विनाधितो ऋण दिने भएको छ ।

शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएकालाई विनाधितो ऋण दिने व्यवस्था गरेको जानकारी दिएको हो । 

यसका लागि विदेश जानेले बैंक खातामा विप्रेषष पठाउने सुनिश्चितता गर्नुपर्ने सर्त रहेको छ । 

यसबारे सार्वजनिक मौद्रिक नीतिमा उल्लेख गरिएको छ, ‘बजेट वक्तव्यमा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा विनाधितो ऋण उपलब्ध गराउने व्यवस्था गरिनेछ ।’

प्रकाशित मिति: शुक्रबार, साउन ११, २०८१  १३:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update