Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय उत्पादित फूल प्रयोग गर्न भरतपुर महानगरको आग्रह, माला र फूलको मूल्य निर्धारण 

चितवन । भरतपुर महानगरपालिकाले फूलमा आत्मनिर्भर रहेको भन्दै स्थानीय उत्पादन प्रयोग गर्न आग्रह गरेको छ । फूलको पर्वको रुपमा चिनिने तिहारमा स्थानीय तहमा उत्पादन भएको फूल र माला प्रयोग गर्न महानगरले आग्रह गरेको हो ।

चितवन फूलमा आत्मनिर्भर भइसकेको अवस्थामा कृषकलाई प्रोत्सहान गर्न महानगरले सो आग्रह पनि गरेको छ ।

तिहारका लागि पर्याप्त हुने गरी सयपत्री तथा मखमली फूल उत्पादन भएको जनाएको फ्लोरिकल्चर एशोसिएसन चितवनले यस वर्ष ४० बिघा क्षेत्रफलमा करिब ३ लाखवटा सयपत्री माला हुने अनुमान गरेको जनाएको छ । 

फूलको मालाको मूल्यमा एकरुपता ल्याउन एशोसियसनले यस पटक प्रतिवटा सयपत्री र मखमलीको मालाको एक सय रुपैया निर्धारण गरेको छ । सयपत्री फूल प्रतिकिलो  चारसय देखि ४५० रुपैयाँ कायम गरिएको कृषकले बताएका छन् ।
 

प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update