गौरीशंकरमा कांग्रेसले अघि सार्यो दिवंगत उपाध्यक्षकी श्रीमती
                        
                        
                                                
                                             
                                                                    दोलखा । नेपाली कांग्रेसले दोलखाको गौरीशंकर गाउँपालिकाको उपाध्यक्षमा पासाडिकी तामाङको नाम सर्वसम्मत गरेर सिफारिस गरेको छ ।
दोलखा कांग्रेसको बैठकले आउँदो मंसिर १६ गते हुने उपनिर्वाचनका लागि गौरीशंकर उपाध्यक्षमा पासाडिकीको नाम सर्वसम्मत रुपमा केन्द्रमा सिफारिस गरेको हो ।
हृदयघात भएपछि शहीद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना भएका गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको गएको असार ३१ गते निधन भएसँगै गोरीशंकरमा उपाध्यक्ष पद रिक्त रहँदै आएको छ ।
गौरीशंकरको उपाध्यक्षमा एमालेले उमा शेर्पा, माओवादीले निमलेखी शेर्पा (डोल्मा)लाई उम्मेदवार बनाउने भएको छ । 
 
प्रकाशित मिति: बुधबार, कात्तिक २१, २०८१  १६:४६
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    
 
                
            



 
                                         
                                         
                                         
                    1700366559.jpg) 
                    
 
                     
                     
                     
                     
                     
                    