
काठमाडौँ । सर्लाहीको लालबन्दी नगरपालिकाले नगरभित्र संचालनमा रहेका सबै सहकारी संस्थालाई नगरपालिकामा सुचीकृत हुन सार्वजनिक सूचना जारी गरेको छ ।
नगरपालिकाले बनाएको सहकारी ऐनअनुसार सूचीकरणका लागि सम्पर्क गर्न भन्दै प्रमुख प्रशासकीय अधिकृतले सार्वजनिक सूचना नै जारी गरेका छन् ।
नगरपालिकोको सहकारी ऐनमा नियमअनुसार दर्ता भएर संचालनमा रहेका सहकारीहरुले नगर कार्यपालिकाबाट तोकिएको दस्तुर बुझाएर नगरपालिकामा सुचीकृत हुनुपर्ने व्यवस्था गरेको छ ।
यही व्यवस्था कार्यान्वयनका लागि भन्दै पालिकाले सूचना जारी गरेको बताएको छ । सूचीकरण हुन आउँदा सहकारीहरुले सहकारी दर्ताको प्रमाणपत्र, कर चुक्ताको प्रमाणपत्र, गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन र साधारणसभाका निर्णइका प्रतिलिपिहरु ल्याउनुपर्ने सूचनामा उल्ले्ख छ । सहकारीहरुले आगामी २१ चैतभित्रै सूचीकरण भइसक्नुपर्ने नगरपालिकाको भनाइ छ ।