लालबन्दी नगरपालिकाले सार्वजनिक गर्यो कक्षा ८ को रुटिन, चैत १६ गते वेदको परीक्षा

काठमाडौँ । सर्लाही जिल्लाको लालबन्दी नगरपालिकाले आधारभूत तह (कक्षा ८) को परीक्षा तालिका (रुटिन) सार्वजनिक गरेको छ ।

नगरपालिकाबाट संचालन हुने सो परीक्षाको रुटिन सार्वजनिक गरिएको हो । नगरपालिकाले शैक्षिक सत्र २०८२ को आधारभूत तह कक्षा ८ को नगरपालिका स्तरीय परीक्षा चैत ८ गतेदेखि सुरु गर्ने भएको छ ।

नगरपालिकाले दिएको जानकारी अनुसार चैत ८ गते आइतबार अंग्रेजी विषय परीक्षा हुनेछ भने ९ गते नेपाली विषयको परीक्षा हुनेछ । यस्तै, चैत १० गते विज्ञान तथा प्रविधि विषयको परीक्षा हुनेछ । सोही दिन संस्कृत भाषाको पनि परीक्षा हुनेछ । चैत ११ गते बुधबार सामाजिक अध्ययन तथा मानव मूल्य शिक्षाको परीक्षा हुनेछ । सोही दिन संस्कृत शिक्षा पढेका विद्यार्थीको लागि संस्कृत व्याकरणको परीक्षा हुनेछ ।

चैत १२ गते स्वास्थ्य शारिरिक तथा सिर्जनात्मक कला विषयको परीक्षा हुनेछ । सोही दिन संस्कृत शिक्षा पढेका विद्यार्थीको लागि कर्मकाण्ड विषयको परीक्षा हुनेछ । चैत १५ गते भने गणित विषयको परीक्षा हुनेछ । चैत १६ गते स्थानीय विषयको परीक्षा हुनेछ । संस्कृत शिक्षा पढेका विद्यार्थीले सो दिन वेद विषयको परीक्षा दिने नगरपालिकाले जानकारी दिएको छ ।

lalbandi-rutin-for-8-grade-1771577674.jpg
 

प्रकाशित मिति: शुक्रबार, फागुन ८, २०८२  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update