
काठमाडौँ । सर्लाहीको लालबन्दी नगरपालिकाले सामुदायिक विद्यालयहरुमा नर्स राख्न थालेको छ । नगरपालिकाले गत साउन २० गते सामुदायिक विद्यालयहरुमा नर्स राख्ने निर्णय गरेको थियो ।
स्वास्थ्य जीवनशैली, सन्तुलित तथा पोषिलो आहार, वातावरण तथा व्यक्तिगत सरसफाई, किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सुधार, किशोरीहरुको महिनावारी व्यवस्थित, मानसिक स्वास्थ्य प्रवद्र्धन एवं जटिल स्वास्थ्य समस्याहरुको नर्सि– सेवा मार्फत समयमै व्यवस्थापन गरी विद्यार्थी, शिक्षक र अन्य कर्मचारीहरुको स्वास्थ्य प्रवद्र्धन गर्ने उदेश्यले विद्यालयमा नर्स राख्न थालिएको हो ।
नगरपालिकाले अहिले ६ जना नर्स करारमा भर्ना गर्न लागेको छ । यसका लागि विद्यालय नर्स भन्ने पद नै सिर्जना गरिएको छ । उनीहरुलाई लिखित परीक्षा र अन्तरवार्ता लिएर भर्ना गर्न लागिएको नगरपालिकाले जानकारी दिएको छ । नर्सिङ विषयमा प्रवीणता प्रमाणपत्र तह उतिर्ण गरेको हुनुपर्ने भनिएको छ । नगरपालिकाले आगामी असार मसान्तसम्मको लागि नर्स भर्ना गर्न लागेको हो ।