
काठमाडौँ । पोखरा महानगरपालिकाले हलोगोरु पाल्ने महानगरका किसानलाई प्रतिपरिवार १० हजार रुपैयाँ अनुदान प्रदान गरेको छ ।
महानगरपालिका क्षेत्रमा हलगोरु पालिरहेका किसानलाई प्रोत्साहन गर्न अनुदान दिइएको महानगर प्रमुख धनराज आचार्यले जानकारी दिए ।
पोखराको भूबनोटका कारण सबै ठाउँमा ट्याक्टर प्रयोग गर्न नसकिने भएकाले हलगोरु पाल्ने किसानलाई अनुदान दिइएको उनको भनाइ छ ।
गत भदौमा अनुदानसम्बन्धी सूचना जारी गरिएकामा ५७० जनाले आवेदन गरेका थिए । महानगरको कृषि विकास शाखाले स्थलगत अनुगमन गरेपछि ५५० किसानलाई रकम दिने निर्णय गरेको छ। कृषकहरुले धमाधम अनुदानवापतको रकम लिइरहेका छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२ १२:४०
प्रतिक्रिया दिनुहोस्