Odapalika - The Fourth Estate - चौथो अंग
एमालेले किन बोलायो काठमाडौँ उपत्यकाका स्थानीय तहका जनप्रतिनिधिहरु ?

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काठमाडौँ उपत्यकाका स्थानीय तहहरुमा नेकपा एमालेबाट उम्मेदवार बनेर विजयी भएका वडाध्यक्ष तथा सदस्यहरुलाई पार्टी कार्यालयमा बोलाएर छलफल गरेका छन् ।

बैशाख ११ गते लोकतन्त्र दिवसको दिन युवा सेलेब्रेसन आयोजना गर्न लागिएको र त्यसैको तयारीका लागि निर्वाचित जनप्रतिनिधिसँग एमाले महासचिव पोखरेलले तयारी छलफल गरेका हुन् ।

लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको रुपमा मनाउन लागिएको एमाले नेता महेश बस्नेतले जानकारी दिए ।

‘बैशाख–११ गते बनेकाहरु जनताले जितेको दिन नेकपा एमालेको आयोजनामा हुने युवा सेलिब्रेसन भव्य बनाउने  बिषयमा पार्टी महासचिव शङ्कर पोखरेलसँग काठमाडौं उपत्यकाका  पालीकाहरूका निर्वाचित जनप्रतिनिधि सँग भेटघाट भएको छ,’ नेता बस्नेतले भने ।

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  ११:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update