Odapalika - The Fourth Estate - चौथो अंग
पोखरा महानगरले युवा उद्यमीलाई सम्मान गर्ने, यी क्षेत्रले पाउनेछन् सम्मान 

काठमाडौँ । पोखरा महानगरपालिकाले विभिन्न क्षेत्रमा विशेष योगदान गरेका युवा उद्यमी तथा प्रतिभालाई सम्मान गर्ने भएको छ । 

यसका लागि प्रतिभावान व्यक्ति र उद्यमीले २२ जेठभित्र महानगरले तोकेको ढाँचामा निवेदन दिनुपर्नेछ । महानगरले युवा उद्यमी र प्रतिभावान व्यक्तिलाई प्रोत्साहन गर्न भन्दै यो कार्यक्रम अघि सारेको जनाएको छ । 

कृषि, पर्यटन प्रवद्र्धन, लघु उद्यम, युवा शक्तिकरण तथा नेतृत्व विकास, समाजसेवा, शिक्षा,रोजगारी, उद्यमशीलता, स्वास्थ्य, खेलकुद, पत्रकारिता, गीतसंगीत विज्ञान तथा प्रविधि लगायतका क्षेत्रका व्यक्तिले यो अफरमा सहभागी हुन पाउनेछन् । 

महानगरले तय गरेका विभिन्न ७ वटा मूल्यांकनका आधारहरु पार गरेपछि उत्कृष्ट युवा उद्यमी र प्रतिभाको घोषणा गरिनेम हानगरले जनाएको छ । 

 

प्रकाशित मिति: आइतबार, जेठ १८, २०८२  १२:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update