Odapalika - The Fourth Estate - चौथो अंग
९८८ योजना बालेनको गफ मात्रै, आकाशे पानी संकलनदेखि होमस्टेसम्मका महानगरका योजना अलपत्र 

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको मुहार फेर्नेभन्दै नीति तथा कार्यक्रम र बजेटमाफृत महत्वाकांक्षी योजनाहरु घोषणा गरेका मेयर बालेन शाह अधिकांश योजना कार्यान्वयनमा चुकेको देखिएको छ । 

यतिसम्मकी उनले घोषणा गरेर बजेट बिनियोजन गरेका ९८८ वटा  आयोजनाको काम समेत सुरु भएको छैन । यी अयोजनाको प्रगति सून्य देखिएको महालेखापरीक्षकको कार्यालयले जनाएको छ ।  

यतिसम्मकी एक करोड भन्दा माथि बजेट बिनियोजन गरिएका २६ वटा आयोजनाको काम अहिलेसम्म शून्य छ । यस्ता शून्य प्रगति भएका आयोजनामा आकाशे पानी संकलन गर्नेदेखि लिएर होमस्टे संचालन गर्नेसम्मका आयोजना छन् । 

नीति तथा कार्यक्रममा घोषणा गरिएका धेरैजसो कार्यक्रम बजेट नदिएका कारण कार्यान्वयनमै नआएका र कतिपय घोषणा र बजेट पाए पनि कार्यान्वयन नै नभएका योजना देखिएको महालेखाको भनाइ छ । 

हेर्नुहोस् महालेखको प्रतिवेदन 

programme-1749555316.JPG
महालेखाले यमवुद्ध पार्क निर्माणदेखि लिएर सिसिटिभी कन्ट्रोल रुपमसम्म निर्माण गर्ने भनेर बजेट छुट्याए पनि महानगरबाट सून्य प्रगति भएको विवरण समेटेको छ । 

हेर्नुहोस् महालेखाले औल्याएको कमजोरी 

1-1749555315.JPG

2-1749555315.JPG

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १७:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update