
काठमाडौँ । पछिल्ला दिन अत्यधिक गर्मी बढेसँगै तराइ मधेशका अधिकांश स्थानीय तहले विद्यालयमा गर्मी बिदा दिन थालेका छन् ।
यसवर्ष नेपालमा चाँडो मनसुन भित्रिएको भनिए पनि बुधवारसम्म पुर्वी क्षेत्रबाहेकमा मनसुन सक्रिय छैन ।
मनसुन सक्रिय नहुनु र तापक्रम वढ्ने क्रममका कारण विराटनगर महानगरपालिकाले महानगरअन्तर्गतका विद्यालयमा ३ दिन बिदा दिने निर्णय गरेको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुङ्गेलका अनुसार जेठ २८ देखि ३० गतेसम्मका नगरका विद्यालय बन्द गर्ने निर्णय गरिएको छ । गर्मीका कारण विद्यालयमा अध्ययन गर्न नसक्ने अवस्था भएपछि विद्यालय बन्द गर्नुपरेको जनाइएको छ । वर्षा भएर अनुकूल अवस्था सिर्जना भएमा पठनपाठनका विद्यालय खुल्ने विज्ञप्तिमा उल्लेख छ ।