Odapalika - The Fourth Estate - चौथो अंग
सात बुँदे सहमति पश्चात् उठ्ने भयो विराटनगरको फोहोर

विराटनगर- सात बुँदे सहमति पश्चात् विगत ५ दिनदेखी विराटनगरको फोहोर संकलनमा आएको अवरोध हटेको छ ।

विराटनगर महानगरपालिकाको फोहोर विसर्जन स्थललाई लिएर उत्पन्न भएको विवाद बिहीबार सिडियो कार्यालयमा भएको सहमति पश्चात् टुंगो लागेको हो।  जिल्ला प्रशासन कार्यालय मोरङमा बिहीबार भएको बहुपक्षीय छलफलमा सात बुँदे सहमति भएसँगै फोहोर पुरानै स्थानमा व्यावस्थापन गर्न दिईने भएको छ ।

विगत एक दशकदेखि वडा नं ६ को ब्रम्हपुरामा फोहोर व्यवस्थापन गर्दै आएको महानगरले पुस १ गतेदेखि वडा नं.१६ स्थित दरैयामा रहेको आफ्नै जग्गामा फोहोर फाल्न थालेको थियो । तर, छिमेकी बर्जु गाउँपालिकाका र विराटनगर १६ दरैयाका बासिन्दाले स्वास्थ्यमा असर पर्ने भन्दै अवरोध गर्दै आएका थिए । विराटनगर महानगरबाट दैनिक १०५ देखि ११५ मेट्रिक टनसम्म फोहोर संकलन हुदै आएको छ ।

यस्तो छ सहमति 
१.दुर्गन्ध फैलिन नदिन दैनिक केमिकल प्रयोग गर्ने ।
२.फोहोरलाई तत्काल माटोले पुर्नुपर्ने ।
३. विसर्जन केन्द्र जाने सडकलाई स्तरोन्नति गर्ने ।
४.फोहोर बोक्ने गाडीलाई अनिवार्य रूपमा त्रिपालले छोप्ने ।
५. वर्षायाममा केसलिया खोलाको पानी पस्न बैशाख नदिन तटबन्धरपर्खाल निर्माण गर्ने ।
६, बेला बेलामा सरोकारवाला निकाय सहितको उपस्थितीमा अनुगमन हुनुपर्ने ।
७, फोहोरमैला व्यावस्थापनको स्थायी समाधानको लागि स्वीकृत भएको एडिबी परियोजना स्थायी जनतको हितमा हुने गरी निर्माण गर्न सबै सरोकारवालाहरुको सहयोग रहने ।

प्रकाशित मिति: बिहीबार, पुस १०, २०८२  २०:३६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update