Odapalika - The Fourth Estate - चौथो अंग
पूर्णखोप सुनिश्चित बन्यो रत्ननगर नगरपालिका 

काठमाडौँ । चितवनको रत्ननगर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरका १६ वटै वडाहरूबाट सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।

१६ महिनादेखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिना उमेरभित्र पाउनुपर्ने सबै खोपको सुनिश्चितता भएकाले जिल्ला खोप समन्वय समितिको बैठकको निर्णयअनुसार पूर्णखोप दिगोपना सुनिश्चितताको प्रमाणपत्र प्रदान गरिएको हो ।

प्रमाणपत्र हस्तानतरण कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका संयोजक नारायणप्रसाद अधिकारी र खोप समितिका सदस्यसचिव एवम् जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रूपाखेतीले रत्ननगर नगरपालिका र १६ वटै वडा कार्यालयहरुलाई पूर्णखोप दिगोपना सुनिश्चितताको प्रमाणपत्र प्रदान गरे । 

अधिकारीले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गराउन महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद दिए । नगरप्रमुख प्रलाद सापकोटाले रत्ननगरलाई पूर्णखोप घोषणा गरिएकोमा खुसी व्यक्त गर्दै पूर्णखोपलाई दिगोपन दिनु महत्वपूर्ण विषय भएको बताए ।
 

प्रकाशित मिति: बुधबार, असार ४, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update