रत्नगर नगरपालिकाले भन्यो– जथाभावी पार्किङ नगर्नू, फुटपाथमा व्यापार नगर्नू

 

काठमाडौँ । चितवनको रत्ननगर नगरपालिको जथाभावी पार्किङ नगर्न भनेको छ । नगरपालिकाको मुख्य बजार क्षेत्रका सडकमा जथाभावी सवारी पार्किङ गरेर सडक नै अवरुद्ध हुन थालेपछि नगरपालिको यस्तो निर्देशन दिएको हो ।

जथाभावी पार्किङ गर्दा पर्यटकीय नगरीमा आवागमन नै अवरुद्ध भएको तथा बजार अव्यवस्थित भएपछि यस्तो नगर्न भनिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रकाश खनालले जानकारी दिए । 

‘मुख्य बजार क्षेत्रहरुको सडकमा जथाभावी किसिमले सडक नै अवरुद्ध हुनेगरी सवारी साधनको पार्किङ भइरहेकोले सवारी आवागमनमा असहजता एवम् बजार अव्यवस्थित हनुका साथै दुर्घटनाको जोखिम अत्यधिक रुपमा बढिरहेको छ । तसर्थ सबै किसिमका यातायात व्यवसायी एवम् निजी सवारी साधन, साइकल, मोटरसाइकल चालकले तोकिएको स्थानमा मात्र पार्किङ गरिदिनु हुन अनुरोध गरिएको छ,’ प्रमुख प्रशासकीय अधिकृत खनालले भने ।

उनले नगरपालिकाको अनुरोधको अवज्ञा गर्नेहरुलाई काननु अनुसार कारवाही गर्ने पनि बताए ।

 

प्रकाशित मिति: बुधबार, वैशाख २, २०८३  १४:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update