
काठमाडौँ । नेकपा एमालेले राजावादी आन्दोलनका कारण पार्टीको वडाकेन्द्रीत आन्दोलन कमजोर भएको निष्कर्ष निकालेको छ ।
एमाले केन्द्रीय संगठन विभागको बैठकले गत माघ फागुन र चैतमा गरिएको वडा केन्द्रित अभियान अर्थात जरा अभियान राजावादी आन्दोलनका कारण प्रभावकारी रुपमा सम्पन्न गर्न नसकिएको निष्कर्ष निकालेको हो ।
बैठकले आगामी दिनमा यो अभियानलाई थप प्रभावकारी बनाएर अघि वढाउनुपर्ने भन्दै अभियानको अन्तिम समयमा राजावादी आन्दोलनको प्रभाव देखिए पनि यसले पार्टीलाई स्थानीय स्तरमा मजवुद बनाएको निष्कर्ष निकालिएको छ ।
एमालेले ९८ प्रतिशत पाकिला अधिवेशन सकेको र ८५ प्रतिशत वडा अधिवेशन सकिेको बताएको छ । २८ वटठा जिल्ला अधिवेशन निर्वाचनका माध्यमबाट र ४९ वटा जिल्ला अधिवेशनले सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको भन्दै कमिटीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र मजवुद भएको निष्कर्ष पनि निकालेको छ ।
बैठकले एमालेको पार्टी सदस्यता नविकरण अघि परीक्षा लिने र यसका लागि अनलाइनमार्फत पाmराम भर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।