
काठमाडाैँ । एनआईसी एशिया बैंकले २८औँ वार्षिकोत्सव मनाएको छ । ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ ग्राहकमैत्री सेवा दिँदै आइरहेको यस बैंकले आफूलाई विश्वसनीय, उत्तरदायी र प्रविधिमैत्री बैंकिङ सेवाको नमुनाका रूपमा स्थापित गरेको छ ।
२८ वर्षअघि कारोबार सुरु गरेको यस बैंकले अहिले देशभर ३६० शाखा कार्यालय, ६७० एटीएम, ११६ विस्तारित काउन्टर र ४२ शाखारहित शाखामार्फत लाखौँ ग्राहकहरूलाई आफ्नो सेवा दिइरहेको छ ।
डिजिटल प्रविधिलाई प्राथमिकतामा राख्दै ुडिजिटल फस्ट बैंकु बन्ने लक्ष्यसहित एनआईसी एशियाले देशका सबै भूभागमा वित्तीय पहुँच पुर्याउने अभियानलाई तीव्र बनाएको छ । बैंकले मुगु, कालीकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता दुर्गम जिल्लामा समेत शाखा विस्तार गरी वित्तीय समावेशीकरणमा उल्लेखनीय टेवा पुर्याउँदै आएको छ ।
वार्षिकोत्सवको अवसरमा बैंकले आफ्ना ग्राहक, नियामक निकाय, सेयरधनी, कर्मचारी र अन्य सबै सरोकारवालाप्रति आभार प्रकट गर्दै अगामी दिनमा अझ उत्कृष्ट, नविन र अन्तर्राष्ट्रियस्तरको बैंकिङ सेवा दिने प्रतिबद्धता व्यक्त गरेको छ ।
हामी सबैको पहिलो रोजाइको बैंक बन्ने अठोटमा प्रतिबद्ध छौँ, बैंकको भनाइ छ ।