
काठमाडौँ । प्रतिनिधिसभाबाट पारित भएको संघीय निजामती सेवा विधेयकमा राष्ट्रियसभामा १९३ वटा संशोधन प्रस्ताव दर्ता भएको छ । विधेयकमा भएका प्राविधकि त्रुटी सचयाउनेदेखि नीतिगत विषयसमेतका गरी यो संख्यामा संशोधन दर्ता भएको हो ।
राष्ट्रियसभाले विधेयकलार्य दफावार छलफलका लागि विधायन समितिमा पठाइसकेको छ । अब यी संशोधनमाथि समितिले निर्णयसहितको प्रतिवेदन तयार पारेर राष्ट्रियसभामा पेश गर्नेछ ।
नेकपा एकीकृत समाजवादीका सांसद बेदुराम भुसालले विधेयकमा भएको प्रतियोगिता भन्ने शव्द हटाएर प्रतिस्पर्धा बनाउनुपर्छ भनेर गरेको संशोधनदेखि कुलिङ पिरियड हटाउनु पर्ने र राख्नुपर्ने दुबैथरी संशोधन राष्ट्रियसभामा दर्ता भएका छन् । कुलिङ पिरियड सम्वन्धी व्यवस्थामा मात्र १६ वटा संशोधन दर्ता भएका छन् ।