Odapalika - The Fourth Estate - चौथो अंग
एनसेलको बीज सधैँ अनमा मनसुन बिजनेस अफर, आकर्षक छुटहरू 

काठमाडाैँ । नेपाली व्यवसाय जगत्‌लाई सशक्त बनाउने प्रतिबद्धताबमोजिम एनसेलले आफ्ना पोस्टपेड, साना तथा मझौला उद्यमी र कर्पोरेट ग्राहकहरूका लागि ‘बीज सधैँ अन’मा मनसुन बिजनेस अफर ल्याएको छ । यो अफरमा ग्राहकहरूले कम खर्चमा पूरै एक वर्ष निश्चिन्त भई सेवाहरू उपयोग गर्न सकिनेलगायतका सुविधाहरू छन् ।

ग्राहकहरूले बीज सधैँ अन ३९९ प्लान वा बीज सधैँ अन ६४९ प्लानको १० महिनाका लागि सदस्यता लिँदा १२ महिनाको सेवा पाउने यो अफरको विशेषता हो । यसको अर्थ थप दुई महिनाको सेवा निःशुल्क लिएर एक वर्ष दूरसञ्चार सेवाका लागि ढुक्क हुन सकिन्छ । यो अफर ‘१० महिना तिर्नुहोस्, १२ महिना सेवा पाउनुहोस्’ भन्ने मोडलमा आधारित छ ।

बीज सधैँ अन ३९९ प्लानमा ग्राहकहरूले हरेक महिना १० जीबी डेटा, ४०० मिनेट जुनसुकै लोकल नेटवर्कमा कल गर्न सकिने टक टाइम र ४०० एसएमएस प्रतिमहिना पाउँछन् । त्यस्तै, बीज सधैँ अन ६४९ प्लानमा हरेक महिना ३० जीबी डेटा, अनलिमिटेड टक टाइम र ६५० एसएमएस पाइन्छ ।

यो मनसुन अफरमा ग्राहकहरूले बन्डलरकम्बो अफरको पनि फाइदा लिन सक्छन् । यसमा कर्पोरेट ग्राहकहरूले आफ्ना तीनवटा मोबाइल नम्बरहरूमा सेवाका लागि वार्षिक सदस्यता लिँदा एउटा नम्बरले एकपटकका लागि ६ महिना सेवा निःशुल्क पाउँछ । यसैगरी, पाँचवटा नम्बरका लागि एक वर्षको सेवा लिँदा दुईवटा नम्बरले ६ महिनाका लागि सेवा निःशुल्क पाउँछ ।

ुउपभोक्ताहरूलाई ‘सधैँ अन’मार्फत सशक्त बनाउने आफ्नो प्रतिबद्धताबमोजिम बन्डल सेवाहरूका साथ कम खर्चमा ग्राहकहरूलाई वर्षभरि निर्धक्क रूपमा सेवा उपलब्ध गराउन यो अफर ल्याएका छौँ । साना, ठूला सबै व्यावसायहरूले अर्थतन्त्रलाई चलायमान बनाउँछ र उनीहरूको व्यवसाय बढाउन हाम्रा सेवाहरूले योगदान पुर्‍याउने कुरामा हामी विश्वस्त छौँ,ु एनसेलका चिफ बिजनेस अफिसर डिओन एसेन्सिओले भने ।

साथै, एनसेलले क्लाउड र डाटा सेन्टर सेवाहरूमा सीमित अवधिका लागि मनसुन अफर दिएको छ, जसमा ग्राहकहरूले विशेष छुट पाउँछन् । इच्छुक ग्राहकहरूले एनसेलको वेबसाइटमा गई कलब्याकका लागि अनुरोध गर्न सक्छन् ।

बीज सधैँ अन ३९९ प्लान र बिज सधैँ अन ६४९ प्लानको मासिक सेवा लिएका ग्राहकहरूले पनि आफूलाई अपग्रेड गरी वार्षिक सेवा सदस्यता र कम्बो अफरको फाइदा लिन सक्छन् । ग्राहकहरूले बिज सधैँ अन प्लानहरूमा मासिक रूपमा डेटा, भ्वाइस र एसएमएसका साथै लायन्सगेट प्ले र मेरो लगानी एपमा पनि पहुँच पाउँछन् । लायन्सगेट पब्लिक ट्रेडेड कन्टेटमा काम गर्ने विश्वको अग्रणी कम्पनी हो र मेरो लगानी एपले शेयरबजारमा भएको नाफा, नोक्सान ट्र्याक गर्दछ ।

प्रकाशित मिति: बुधबार, साउन १४, २०८२  २२:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update