Odapalika - The Fourth Estate - चौथो अंग
तातोपानी गाउँपालिकाले भन्यो– सहिद स्मृति र जीवन निर्वाह भत्ता लिन निवेदन दिनू, के के चाहिन्छ कागजात ?

काठमाडौँ । जुम्लाको तातोपानी गाउँपालिकाले सहिद स्मृति र जीवन निर्वाह भत्ता लिनको लागि निवेदन दिन आग्रह गरेको छ ।

गाउँपालिकाले सार्वजनिक सुचना प्रकाशित गरी सबै वडा कार्यालयहरु र सम्बद्ध सरोकारवाला सबैलाई जानकारी गराएको हो । कर्णाली प्रदेश सरकारले सहिद स्मृति र जीवन निर्वाह भत्ता दिने गरेको छ ।

सो भत्ताको लागि निवेदन दिने म्याद साउन मसान्तसम्म मात्रै रहेकोले छिटो गर्न गाउँपालिकाले आग्रह गरेको छ ।

गाउँपालिकाका अनुसार भत्ता लिनको लागि ६ प्रकारका कागजात चाहिन्छ । वडा कार्यालयको सिफारिस, नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, जिल्ला प्रशासन कार्यालयको सिफारिस वा परिचयपत्र, नाता प्रमाणित, मृत्यू दर्ता प्रमाणपत्रको प्रतिलिपी र बैंकको चेकको प्रतिलिपी आवश्यक पर्ने गाउँपालिकाको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, साउन २२, २०८२  १०:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update