Odapalika - The Fourth Estate - चौथो अंग
एमाले केन्द्रीय सदस्य ऐन महर पक्राउ

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य  ऐन महर पक्राउ परेका छन् । उनलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिएर म्याद थप गर्न महरलाई जिल्ला अदालत काठमाडौंमा लगिएको छ।

महरविरूद्ध भदौ ९ गते जिल्ला अदालत तकाठमाडौँले पक्राउ पुर्जी जारी गरेको थियो। 

पक्राउ पुर्जी जारी भएको जानकारी पाएपछि महर आफै प्रहरीको सम्पर्कमा गएका प्रहरी स्रोतले जानकारी दिएको छ । महरविरुद्ध हुलाकमार्फ उजुरी आएको प्रहरीको भनाइ छ ।

विद्युतीय कारोबार ऐन २०६३ को कसुरअनुसार उनीमाथि पक्राउ पुर्जी जारी भएको थियो। ऐन महरविरूद्ध साइबर ब्युरोमा पनि मुद्दा छ।

एमालेले केही समयअघि महरलाई आचरणको प्रश्न उठाउँदै केन्द्रीय सदस्यबाट निलम्बन गरेको थियो। तर बझाङ प्रदेश सभा क्षेत्रमा उपनिर्वाचनअघि उनको निलम्बन एमालेले फुकुवा गरेको थियो। 

यसअघि पनि उनीविरूद्ध प्रहरी कार्यालयमा उजुरी पर्ने गरेको थियो। 

प्रकाशित मिति: बुधबार, भदौ ११, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update